कालिकोटका ११ महिला स्वयमसेविकालाई बाकस

कालिकोटका ११ महिला स्वयमसेविकालाई बाकस

कालिकोट : महिला स्वास्थ्य स्वयमसेविकाको काम कारबाही तथा स्वास्थ्य आमा समुहका गतिविधिको अभिलेख सुरक्षित राख्न महिला स्वास्थ्य स्वयमसेविकालाई बाकस वितरण गरिएको छ। जिल्लाको पचालझरना गाउँपालिका ६, ७, ८ र ९ वडामा कार्यरत ११ जना महिला स्वास्थ्य स्वयमसेविकालाई बाकस वितरण गरिएको हो। 

नेपाल रेडक्रस सोसाइटीको सहयोगमा स्वास्थ्य स्वयमसेविका तथा आमा समूहका गतिविधिको अभिलेख सुरक्षित राख्नुका साथै स्वास्थ्य शिक्षालाई प्रभावकारी बनाउन विभिन्न सामग्रीसहित बाकस वितरण गरिएको स्वास्थ्य चौकी नानिकोटका इन्चार्ज जन्मऋषि न्यौपानेले जानकारी दिए।

उनका अनुसार स्वास्थ्य आमा समूहको बैठक बस्ने रजिस्टर, आर्थिक कारोवार गर्ने रजिष्टर, चटाई, विभिन्न फाइलसहित प्रति व्यक्ति ४ हजार बराबरको सामानसहित बाकस वितरण गरिएको हो। 

स्वास्थ्य आमा समूहको नियमित बैठक तथा महिला स्वास्थ्य स्वयमसेविकाको सक्रियताले नै टोल टोलमा स्वास्थ्य शिक्षा अभियान प्रभावकारी बनाउन सकिने उनले बताए। नेपाल रेडक्रस कालिकोटका सभापति बलप्रसाद संज्यालले पचालझरना गाउँपालिकाका- ९ वटै वडामा रहेका २६ वटा स्वास्थ्य आमा समूहलाई लक्षित गरी स्वास्थ्य आमा समूहको नियमित बैठक तथा उक्त समूहलाई सक्रिय बनाउनका लागि विभिन्न स्टेसनरी सामानसहित २६ वटा बाकस वितरण गरिएको बताए।

उनले गाउँपालिकाकै संरचनामा रहेका स्वास्थ्य आमा समूहको सक्रियता बिना स्वास्थ्य सेवालाई प्रभावकारी एवं नागरिकको पहुँचमा लिन नसकिने बताउँदै यसका लागि सहयोग गरिएको बताए। 

पचालझरना गाउँपालिका अध्यक्ष खड्गराज सेजुवालले महिला स्वास्थ्य स्वयमसेविकालाई सक्रिय बनाउन सेवा सुविधा वृद्धि गर्ने तयारी गरिएको बताए। उनले वृद्ध भइसकेका महिला स्वास्थ्य स्वयमसेविकालाई सम्मानसहित बिदाइ गर्ने, शैक्षिक योग्यता न्यूनतम एसएलसी पास गरेकालाई मात्र नयाँ महिला स्वास्थ्य स्वयमसेविका नियुक्ति गर्ने तयारी गरिएको बताए। उनले भने, 'हामी महिला स्वास्थ्य स्वयमसेविकालाई आवश्यक तालिम र मासिक रुपमा सेवा सुविधा दिने गरी बजेटको पनि व्यवस्था गर्न लागेका छौं।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.