थली फुट्सल संचालनमा

थली फुट्सल संचालनमा

काठमाडौं : कागेश्वरी मनोहरा नगरपालिका-५ थलीमा फुट्सल संचालनमा आएको छ। शनिबार एक कार्यक्रमकाबीच मिनिल्याण्ड अंग्रेजी हाइस्कुलका प्रिन्सिपल मनिराम वाग्लेले 'थली फुट्सल'को उद्घघाटन गरे। नगरपालिकाभित्र निमार्ण भएको यो तेस्रो फुट्सल हो।

कार्यक्रममा पिन्सिपल वाग्लेले अहिलेका युवा मात्र नभइ बालबालिकामा फुट्सल क्रेज बढेकाले स्थानीय स्तरमै फुट्सल संचालनमा आउनु गौरवको विषय भएको बताए। 'थलीमा खेलकुदका लागि व्यवस्थित ठाउँ नहुँदा बालबालिका तथा युवालाई ४/५ किलोमिटर टाढा जानुपर्ने वाध्यता थियो,' उनले भने,'अब थलीमै फुट्सल खेल्न पाइने भएपछि टाढा जानुपर्ने वाध्यताको अन्त्य भएको छ।तुलनात्मकरुपमा फुटबलभन्दा फुट्सलमा चोटपटक लाग्ने संभावना कम हुने भएकाले बालबालिकाका लागि फुट्सल उत्तम खेल भएको वाग्लेकाे भनाइ छ ।

थली फुट्सलका संचालक समीर पाण्डेले युवा वर्गको फुट्सलप्रति आकर्षण बढ्दै गएकाले मनोरञ्जन दिन फुट्सल संचालनमा ल्याएको बताए।स्थानीय स्तरमा फुटबल खेल्न चाहने युवाले उपयुक्त खेलमैदान नहुँदाको भोगाइलाई सहज गर्न फुट्सल निमार्ण गरेको बताए।

उनले निकट भविष्यमै सोही स्थानमा खेलाडीको आवश्यकताअनुसार ब्याटमिन्टन, स्नुकर र टेबल टेनिस खेल संचालनमा ल्याउने तयारी रहेको जानकारी दिए।५ रोपनी भन्दा बढी जग्गा भाडामा लिएर करिब ५५ लाखमा फुट्सल मैदान निर्माण गरिएको उनले बताए।संचालक युवा आफू पनि खेलप्रेमी भएकाले युवालाई लक्षित गरी एउटै छानामुनि इन्डोर गेम संचालनमा ल्याउने योजना रहेको उनले सुनाए ।

फुट्सल दिउँसो र रातिको समयमा संचालनमा रहने पाण्डेले जानकारी दिए।एक घन्टा खेलेवाफत एक टीमले संचालकलाई १ हजार रुपैयाँ बुझाउनुपर्छ।फुट्सल खेल्नका लागि 'थली फुट्सल'को सदस्यता लिन सकिने पनि पाण्डेले बताए।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.