रसुवामा सडक दुर्घटना, चालकसहित चार घाइते

रसुवामा सडक दुर्घटना, चालकसहित चार घाइते

नुवाकोट : रसुवाको वाह्रघुम्तीमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्। आइतबार भएको दुर्घटनामा परी चालकको अवस्था गम्भीर छ। 

रसुवाको सदरमुकाम धुन्चेदेखि १० किलोमिटर उत्तरमा रहेको गोसाइकुण्ड गाउँपालिका वडा नं. ५ बाह्रघुम्तीमा धुन्चेवाट स्याप्रुवेशीतर्फ जांदै गरेको ना५ख ५२०३ नम्वरको एलपी ट्रक दुर्घटना हुँदा त्यसमा यात्रारत ४ जना घाइते भएका छन्।

सदरमुकाम धुन्चेस्थित अस्पतालमा प्रारम्भिक उपचार गरि थप उपचारका लागि चारै जनालाई अपरान्ह त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक रन्जन अवाले जानकारी दिए। 

सिमेन्ट वोकेको ट्रक सडकमार्गवाट एकसय मिटर तल खसेर भएको दुर्घटनामा परि घाइते हुनेमा मकवानपुर लामिटार–३ का ३५ वर्षीय चालक विबेक मोक्तान, १५ वर्षीय उमेश घलान, ३३ वर्षिय समिर बजुँ र रसुवाको गोसाइकुण्ड गाउँपालिका वडा नं. ६ का ४० वर्षीय पुर्ण स्याङ्तान रहेका छन्। चालक विवेकको अवस्था गम्भीर रहेको अवाको भनाई छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.