संवैधानिक परिषद्ले गर्‍यो पाँच आयोगका अध्यक्ष सिफारिस

संवैधानिक परिषद्ले गर्‍यो पाँच आयोगका अध्यक्ष सिफारिस

काठमाडौं : संवैधानिक परिषद्ले पाँच आयोगका अध्यक्षहरूको नाम सिफारिस गरेको छ। आइतबार बसेको परिषद्को बैठकले पाँच जनाको नाम सिफारिस गरेको हो।

आयोगले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेसी आयोगमा डा. विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णुकुमार चौधरी र मुस्लिम आयोगको अध्यक्षमा समिम अन्सारी सिफारिसमा परेका छन्।

संवैधानिक परिषद्को सिफारिससँगै अब सिफारिसमा परेकाहरूको संवैधानिक सुनुवाई अघि बढ्नेछ । संवैधानिक सुनुवाईको प्रक्रियापछि मात्र आयोगका अध्यक्ष तथा सदस्यहरूको नियुक्त हुने व्यवस्था छ ।

नेपालको संविधानको धारा २९२ मा संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने पदाधिकारीको संसदीय सुनुवाई हुने व्यवस्था छ।

धारा २९२ को उपधारा १ मा भनिएको छ- 'यस संविधान बमोजिम संवैधानिक परिषदको सिफारिसमा नियुक्त हुने प्रधान न्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषदका सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनु अघि संघीय कानून बमोजिम संसदीय सुनुवाई हुनेछ।'

उक्त धाराको उपधारा (२) मा उपधारा (१) को प्रयोजनका लागि संघीय संसदका दुवै सदनका सदस्यहरु रहने गरी संघीय कानून बमोजिम पन्ध्र सदस्यीय एक संयुक्त समिति गठन गरिने प्रावधान छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त यस समितिमा लक्ष्मणलाल कर्ण सभापति छन्।

यसैगरी सोही धाराको उपधारा (३) मा उपधारा (२) बमोजिमको गठित संयुक्त समितमा रहने सदस्यले संघीय संसदको उक्त कार्यकालभर सर्वोच्च अदालतमा उपस्थित भइ बहस पैरवी गर्न नपाउने प्रावधान राखिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.