सिन्धुपाल्चोकमा ६५ प्रतिशत निजी आवास पुर्ननिर्माण

सिन्धुपाल्चोकमा ६५ प्रतिशत निजी आवास पुर्ननिर्माण

चौतारा : २०७२ वैशाखको भूकम्पले सर्वाधिक क्षति पुर्‍याएको सिन्धुपाल्चोकमा ६५ प्रतिशत बढिले निजी आवास पुर्ननिर्माण सम्पन्न गरेका छन्।

भूकम्प गएको तीन वर्ष आठ महिना बित्दा जिल्लाका ६५ प्रतिशत लाभग्राहीले निजी आवास पुर्ननिर्माण सकेर अन्तिम किस्ता भुक्तानी लिएका हुन्। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान निकासा नदिंदा एक महिना वितरण अड्किएको हुँदा यो संख्या अझ बढ्ने पुर्ननिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई, अनुदान व्यवस्थापन तथा पुर्वाधार कार्यालयका निमित्त आयोजना व्यवस्थापक जयप्रकाश गुप्ताले बताए। प्राधिकरणले रोकेको निकासा बुधबारबाट सुचारु गरेको हो।

गुनासो फर्स्यौटबाट सम्बोधन भएका समेत कुल ८७ हजार एक लाभग्राही मध्ये ५६ हजार छ सय ७९ लाभग्राहीले निर्माण सम्पन्न गरेर अन्तिम किस्ता भुक्तानी लिएको गुप्ताले जानकारी दिए। आयोजना व्यवस्थापक गुप्ताका अनुसार  प्राधिकरणले दोस्रो किस्ता भुक्तानीको डेड लाइन तोकेको पुस मशान्तसम्म कुल लाभग्राहीको ८७ प्रतिशतले मात्र डिपीसी लेभलको काम सकेर दोस्रो किस्ता भुक्तानी लिएका छन्।

‘अनुदान निकासा नभएका कारण रोकिएका फाइलको काम भइरहेको छ’, आयोजना व्यवस्थापक गुप्ता भन्छन्, ‘प्राधिकरणको डेडलाइन सकिएपनि लाभग्राहीको अनुदान नरोक्नु भन्ने पत्र आएकाले अनुदानको काम भइरहन्छ।’ यस अघि प्राधिकरणले पुस मसान्त भित्र किस्ता लिइसक्न लाभग्राहीलाई निर्देशन दिएको थियो। दोस्रो किस्ता भुक्तानी लिनेको संख्या ७५ हजार नौसय ६३ छ। ८४ हजार नौ सय ९६ लाभग्राहीले पहिलो किस्ता भुक्तानी लिएका छन्।

उल्लेखित संख्या गैरसरकारी संघ संस्थाले उपलव्ध गराएको अनुदान समेतको हो। निजी आवास अनुदानको जिम्मा लिएका गैरसरकारी संस्थाले पाँच हजार चार सय ८५ लाभग्राहीलाई पहिलो किस्ता उपलव्ध गराएका छन्। संघ संस्थाले जिम्मा लिएका चार हजार सात सय ४३ जनाले दोस्रो र तीन हजार पाँच सय ९१ लाभग्राहीले तेस्रो किस्ता लिएको जिमालीको तथ्यांक छ।

प्राधिकरणको लाभग्राही सूचीमा पर्न गुनासो फाराम भर्ने २३ हजार ९५४ मध्ये  १० हजार ४४३ को गुनासो फर्स्यौट हुन बाँकी छ। बाँकी गुनासो सम्बोधन गर्ने जिम्मा प्राधिकरणले स्थानीय तहलाई दिएपनि कसरी गर्ने भन्ने अन्यौलताको कारण फर्स्यौट हुन सकेको छैन। जिल्लामा भूकम्प गएको ठिक एकवर्ष पछि २०७३ बैशाख १२ गतेबाट निजी आवास पुर्ननिर्माणको थालनी भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.