पाँच हजारभन्दा बढी अमेरिकी डलर सटही गर्न पान नम्बर अनिवार्य
काठमाडौं : अब पाँच हजार भन्दा बढी अमेरिकी डलर माग गर्ने नेपालीले अनिवार्य स्थायी लेखा नम्बर (पान) लिनुपर्ने भएको छ।
शिक्षा, आप्रवास, स्वास्थ्यलगायत प्रयोजनका लागि विदेशी मुद्रा माग गर्ने नेपालीहरूले अनिवार्य पान लिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले बताए।
शिक्षा, स्वास्थ्य तथा उल्लेखित प्रयोजनका लागि विदेशी मुद्रा माग गर्दा विदेशी मुद्रा माग गर्ने व्यक्ति वा निजको एकाघर परिवार सदस्यहरूमध्ये आमा वा बुबामध्ये कुनै एक जनाको पान नम्बर पेश गरेका पनि मुद्रा सटही गर्न सकिने सुविधा राष्ट्र बैंकले जानकारी दिएको छ।