दोहोरो नागरिकता आरोपमा पाँच वर्षपछि पक्राउ

दोहोरो नागरिकता आरोपमा पाँच वर्षपछि पक्राउ

काठमाडौं : ७५ वर्षिय वृद्धको सम्पत्ति कब्जामा लिएर घर निकाला गरेको र दोहोरो नागरिकताको आरोपसहित जाहेरी परेको पाँच वर्षपछि ललितपुर बालकुमारीका राम श्रेष्ठ पक्राउ परेका छन्।

ललितपुर–९ निवासी श्रेष्ठले नागरिकता फेरेर नेपाल बैंक लिमिटेड र तत्कालीन काठमाडौं नगरपालिकाको सरकारी सेवामा सुविधा लिएको भन्दै भक्तपुर निकुशेरा बस्ने ७५ वर्षिय पीडित श्रवणकुमार शर्माले दिएको जाहेरीका आधारमा श्रेष्ठ समातिएका हुन्।

२०३७ सालको नापीका समयमा फिल्डबुकमा उमेर ३१ वर्ष, २०६३ सालको मतदाता सूचिमा २५ वर्ष, ललितपुर जिल्ला अदालतले २०६७ सालमा प्रमाणित गरेको एक सम्झौतामा ६० वर्ष र जिल्ला प्रशासनमा २०६८ सालको श्रेष्ठ आफैंले दिएको एक उजुरीमा ५४ वर्ष लेखाएको दावीसहित शर्माले ललितपुर प्रहरी परिसरमा २०७० मंसिर ११ गते जाहेरी दिएका थिए। नागरिकताकमा फरकफरक मितिको उमेर रहे पनि उमेर ढाँटेर सरकारी लाभ लिएको दाबी शर्माको थियो।

श्रेष्ठ लामो समयदेखि प्रहरीको खोजी सूचिमा थिए। ‘जाहेरीका आधारमा श्रेष्ठलाई पक्राउ परी ललितपुर थुनामा राखिएको छ। हाल अनुसन्धान भइरहेको छ,’ ललितपुर प्रहरी परिसरका डिएसपी नारायण चिमोरियाले अन्नपूर्णसँग भने।

शर्माले श्रेष्ठका छोरा सुनिललाई धर्मपुत्र स्वीकार गरी विगतमा ललितपुर कुसुन्तीमा रहेको साढे तीन तले घर, आठ आना जग्गा र कुलेश्वरस्थित प्रिज्मा पार्टी प्यालेसको जिम्मा दिए पनि कब्जामा लिएर वृद्ध उमेरमा आफ्नो उठिबास बनाएको बताए।

‘विरामी परेपछि घरबाट निकाले। अहिले म भक्तपुरमा सानो डेरा लिएर बसेको छु। सुगर, प्रेसर, युरिक एसिडको औषधि खाइरहनुपर्छ,’ शर्माले भने, ‘विरामी परेका बेला क्याटरिङको हिसाब मागेँ। त्यसपछि एउटा गाडी, घर–जग्गा सबै कब्जामा लिए। पछि मैले नै श्रेष्ठकै दुईवटा नागरिकता फेला परेपछि कारबाहीका लागि प्रहरीमा जाहेरी दिएको हुँ।’

उनले घरजग्गा, सम्पत्ति दिलाउन हाल सर्वोच्च अदालतमा मुद्दा लडिरहेको पनि सुनाए। आफू अन्यायमा परेको भन्दै यी वृद्धले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, व्यवस्थापिका संसद सचिवालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत निकायमासमेत उजुरी हालेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.