५७ हजारले सके घर पुनर्निर्माण

५७ हजारले सके घर पुनर्निर्माण

चौतारा : सिन्धुपाल्चोकमा ६५ प्रतिशतभन्दा बढी भूकम्पपीडितले निजी आवास पुनर्निर्माण सम्पन्न गरेका छन्। ८७ हजार १ लाभग्राहीमध्ये ५६ हजार ६ सय ७९ जनाले पुनर्निर्माण सकेर अन्तिम किस्ता भुक्तानी लिएका हुन्। पुनर्निर्माण प्राधिकरणले अनुदान निकासा नदिँदा एक महिना वितरण अड्किएकाले यो संख्या अझ बढी हुन सक्ने अनुदान व्यवस्थापन तथा पूर्वाधार कार्यालयका निमित्त आयोजना व्यवस्थापक जयप्रकाश गुप्ताले बताए। प्राधिकरणले निकासालाई बुधबारदेखि निरन्तरता दिएको छ।

गुप्ताका अनुसार प्राधिकरणले तोकेको म्याद पुससम्म ८७ प्रतिशतले मात्र डीपीसी लेभलको काम सकेर दोस्रो किस्ता भुक्तानी लिएका छन्। ‘अनुदान निकासा नभएका कारण रोकिएका फाइलको काम भइरहेको छ’, उनले भने, ‘प्राधिकरणको डेडलाइन सकिए पनि लाभग्राहीको अनुदान नरोक्नू भन्ने पत्र आएकाले काम भइरहन्छ।’

प्राधिकरणले यसअघि पुसभित्र किस्ता लिइसक्न लाभग्राहीलाई निर्देशन दिएको थियो। दोस्रो किस्ता भुक्तानी लिनेको संख्या ७५ हजार ९ सय ६३ छ। ८४ हजार ९ सय ९६ लाभग्राहीले पहिलो किस्ता बुझेका छन्। निजी आवास अनुदानको जिम्मा लिएका गैरसरकारी संस्थाले ५ हजार ४ सय ८५ लाभग्राहीलाई पहिलो किस्ता उपलब्ध गराएका छन्। ४ हजार ७ सय ४३ जनाले दोस्रो र ३ हजार ५ सय ९१ लाभग्राहीले तेस्रो किस्ता लिएको जिमालीको तथ्यांक छ।

प्राधिकरणको लाभग्राही सूचीमा पर्न २३ हजार ९ सय ५४ जनाले गुनासो फारम भरेका थिए। यीमध्ये १० हजार ४ सय ४३ को गुनासो फस्र्योट हुन बाँकी छ। तर, यसको जिम्मेवारी प्राधिकरणले स्थानीय तहलाई दिए पनि कसरी गर्ने भन्ने अन्योल छ। भूकम्पको एक वर्षपछि निजी आवास पुनर्निर्माण थालनी भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.