लिभरपुललाई पछ्याउँदै म्यानचेस्टर सिटी

लिभरपुललाई पछ्याउँदै म्यानचेस्टर सिटी

लन्डन : इङ्लिस प्रिमियर लिगको आइतबार राति भएको खेलमा म्यानचेस्टर सिटीले हडर्सफिल्ड टाउनलाई उसैको मैदानमा ३-० गोलले हराएको छ। जितसँगै तालिकाको दोस्रो स्थानमा आसिन म्यानचेस्टर सिटीले ‘लिग लिडर’ लिभरपुलसँगको दूरी पुनः चार अंकमा छोट्याएको छ।

हडर्सफिल्डविरुद्धको सोही खेलसँगै म्यानचेस्टर सिटीले जारी सिजनमा आफ्नो एक सय गोल पनि पूरा गरेको छ। खेल सुरु भएको १८ औं मिनेटमा ड्यानिलोले म्यानचेस्टर सिटीका लागि पहिलो गोल गरे। त्यसपछि म्यानचेस्टर सिटीले खेलको दोस्रो हाफमा तीन मिनेटको बीचमा लगातार दुई गोल थप्यो।

निर्धारित समयको ५४ औं मिनेटमा रहिम स्टर्लिङले म्यानचेस्टर सिटीको अग्रता दोब्बर बनाए। ५६ औं मिनेटमा लेरोय सानेले टोलीका लागि तेस्रो गोल थपेका थिए। सानेले प्रिमियर लिगको पछिल्ला १७ खेलमा आठ गोल गरेका छन् भने १२ गोलका लागि पास उपलब्ध गराएका छन्।

२३ औं चरणको खेलको समाप्तिपछि ६० अंकसहित लिभरपुल पहिलो र ५६ अंकसहित म्यानचेस्टर सिटी दोस्रो स्थानमा छन्। टोट्टनहाम ५१ अंकसहित तालिकाको तेस्रो स्थानमा छ। ४७ अंकसहित चेल्सी चौथो, ४४ अंकसहित आर्सनल पाँचौं र समान अंक जोडेको म्यानचेस्टर युनाइटेड गाोलअन्तरका आधारमा छैटौं स्थानमा आसिन छन्। हडर्सफिल्ड भने ११ अंकसहित तालिकामा सबैभन्दा तल छ।

सोही राति भएको अर्को खेलमा टोट्टनहामले फुलहामलाई उसैको मैदानमा २-१ गोलले हरायो। टोट्टनहामका लागि डेल अली र ह्यारी विंक्सले एक/एक गोल गरे। खेल सुरु भएको १७औं मिनेटमै टोट्टनहामका फर्नान्डो लरेन्टबाट आत्मघाति गोल भएको थियो।

साविक विजेतासमेत रहेको म्यानचेस्टर सिटीले पछिल्ला तीन खेलमा १९ गोल गरिसकेको छ। हडर्सफिल्डले घरेलु मैदानमा खेलिएका पछिल्ला पाँचवटा लिग खेलमा लगातार हार भोगेको छ। यसअघि सन् २००० को अप्रिलदेखि सेप्टेम्बरको बीचमा हडर्सफिल्डले घरेलु मैदानमा लगातार सात खेलमा हार भोगेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.