स्वस्थानी व्रत आरम्भ : १० फोटोमा हेर्नहोस् शालिनदीको रौनक
साँखु : काठमाडौंको साँखुस्थित शालिनदीमा बिहानैदेखि भक्तजनको भीड लागेको छ।सोमबारबाट स्वस्थानी व्रत सुरु भएसँगै शालिनदीमा स्नान गर्ने भक्तालुको भीड लागेको हो।
भक्तालुलाई स्नान गर्न र पूजापाठमा सजिलोको लागि मेला व्यवस्थित पारिएको छ। मेला व्यवस्थित बनाउन प्रहरी परिचालन गरिएका छन्। भक्तजनको सुरक्षाका लागि प्रहरी 'हेल्प डेक्स' समेत राखिएको छ।
मेलामा आउनेका लागि पाँच/पाँच मिनेटमा साँखुबाट सहरका विभिन्न स्थानबाट सार्वजनिक यातायातको व्यवस्था गरिएको छ। मेला आउन लागि रत्नपार्क, दक्षिणकाली, गोङ्गबु, चक्रपथ, सातदोबाटोबाट बस चढ्न सकिनेछ।