यातायात कार्यालयमा दलाली गर्ने तीनजना पक्राउ
काठमाडौं : सरकारी कार्यालयमा आउने सेवाग्राहीलाई दु:ख दिने तीनजना बिचौलियालाई प्रहरीले आइतबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा काठमाडौंको बूढानीलकण्ठ बस्ने नुवाकोटको बिदुर नगरपालिका-४ का ५५ वर्षीय माधव थापासहित तीनजना रहेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।
थापासहित तीनजनाले काठमाडौंको टेकुस्थित यातायात व्यवस्था विभाग अन्तर्गत भेहिकल फिटनेश सेन्टरबाट सेवाग्राहीसँग दलाली गरेको आरोप प्रहरीले लगाएको छ।