चीनियाँ लामाको पद खारेज गर्न माग
काठमाडौं : चीनको नागरिकता लिएका गैरनेपाली नागरिक भुपती बज्र लामाले कानुन मिचेर नेपालमा सार्वजनिक पद धारण गरेको भन्दै नियुक्ती बदर गर्न स्थानीयले माग गरेका छन्। आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित भेटेर नियुक्ति बदरको माग गरेका छन्।
लामा कानुनी विपरित मेलम्ची बौद्ध घ्याङ गुठीको अध्यक्ष भएको भन्दै उनलाई पदबाट हटाउन स्थानीयले माग गरेका हुन् ।पूर्वसभासद आङदावा शेर्पा, नेपाल बौद्ध महासंघका पदाधिकारी, बौद्धनाथ क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामा लगायतले दोस्रो देशको नागरिकता प्राप्त व्यक्तिलाई सार्वजनिक पद धारणा गरेकोप्रति आपत्ती जनाएका छन्।
करोडौ बौद्धधर्मालम्बीको आस्थाको केन्द्र रहेको बौद्धस्तुपाको नियमनकारी निकायमा राख्नु उपयुक्त नहुने समितिको अध्यक्ष तामाङले बताए।गैरनेपाली नागरिक भुपती बज्र लामाले कानुन मिचेर नेपालमा सार्वजनिक पद धारण गरेको भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितसमक्ष नियुक्ती बदर गर्न माग गर्दै स्थानीय।