फुल्चोकी जंगलमा फेरि हराए, तीनजनाको उद्धार

फुल्चोकी जंगलमा फेरि हराए, तीनजनाको उद्धार

ललितपुर : गोदावरी नगरपालिका-३ स्थित फुल्चोकी जंगलमा आइतबार घुम्न गएको अवस्थामा तीनजना हराए । यसअघि यही जं‌गलमा मुलबाटो भुलेर अन्यत्र जाँदा १६ जना हराएका थिए । उनीहरुको ललितपुर प्रहरीले रातभर खटिएर उद्धार गरिएको थियो ।

आइतवार हराएका यी तीनजनालाई पनि प्रहरीले सकुशल उद्धार गरी अभिभावकको जिम्मा लगाएको छ । फुल्चोकी जंगलमा हराएर उद्दार गरिएकामा नयाँबजार बस्ने नुवाकोटकी १८ वर्षीया मल्लिका तामाङ र १७ वर्षीया मुस्कान तामाङ छन् । 

त्यसैगरी काठमाडौंको क्षेत्रपाटी बस्ने महोत्तरीका १९ वर्षीय अभिलेखप्रसाद साहलाई पनि उद्धार गरिएको छ । उनीहरु सबैलाई महानगरीय प्रहरी प्रभाग बाँडेगाँउबाट खटिएको टोलीले गोदावरी बसपार्कबाट करिब ९ किलोमिटर टाढा फुल्चोकी जंगलको खोँचमा फेला पारेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.