कैलालीमा हत्याका मुख्य योजनाकारसहित ४ पक्राउ

कैलालीमा हत्याका मुख्य योजनाकारसहित ४ पक्राउ

धनगढी : कैलालीको अत्तरियामा भएको हत्या घट्नामा आरोपित मुख्य योजनाकारसहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले उनीहरुलाई सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

हत्यामा संलग्न मुख्य योजनाकार गोदावरी नगरापलिका-२ का २१ वर्षीय विनोद ऐर, कैलालीको भजनी नगरपालिका-२ घर भई हाल धनगढी उपमहानगरपालिका-२ बस्ने २२ वर्षीय डेबिटसिंह ऐर, २१ वर्षीय मन्जु चौधरी खड्का र धनगढी उपमहानगरपालिका-१३ बस्ने २१ वर्षीय लोकेश खत्री छन्। उनीहरुलाई धनगढी उपमहानगको छुट्टाछुट्टै ठाउँमा आइतबार राति पक्राउ गरेको हो।

गोदावरी नगरपालिका-१ का २० वर्षीय अरुण भट्टलाई माघ ५ गते धरिलो हतियार प्रयोग गरी हत्या गरेको थियो। मुख्य योजनाकार मानिएका विनोदले मृतक भट्टलाई धरिलो हतियार प्रहार गरी हत्या गरेको कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले जानकारी दिए।'प्ररारम्भिक अनुसन्धानमा ठ्याक्‍कै के कारणले हत्या भएको भन्ने खुलेको छैन,' उनले भने, 'आरोपित लाघुपदार्थ दुव्र्यसनीकर्ता भएकाले कुनै रिसिवीका कारण हत्या गरेको हुनसक्छ।'

अभियुक्तले हत्या गरेको स्वीकार गरिसकेको प्रहरी उपरीक्षक तिम्सिनाले बताए।मुख्य आरोपीलाई मोटरसाइकलमा राखी भगाउने डेबिट र आफ्नो डेरामा लुकाउने मञ्जु चौधरी खड्का, लोकेशलाई पक्राउ गरेको उनले जानकारी दिए।

आरोपितबाट प्रहरीले से ४प ५९२८ नम्बरको मोटरसाइकल पनि बरामद गरेको छ। प्रहरी उपरीक्षक तिम्सिनाका अनुसार मृतक भट्ट र उनका साथीहरू हरि राई र राजेश नेपालीसँग विगतमा विवाद हुँदै आएको थियो। राजेश र हरि पनि उक्त घट्नामा घाइते भएका थिए। भट्टको उपचारका लागि धनगढीस्थित सेती अञ्चल अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो । 

पक्राउ परेका अभियुक्तलाई मुलुकी फौजदारी अपराध संहिताको दफा १ सय ७७ बमोजिम जन्मकैद र भगाउनमा सहयोग गर्नेलाई दफा ३६ बमोजिम अभियुक्तलाई हुने सजायको आधा सजायसँगै मृतकलाई दफा १ सय ८६ बमोजिम क्षतिपूर्ति भराउने व्यवस्था रहेको छ। हत्या घट्नामा अन्यको पनि थप अन्य व्यक्तिको पनि संलग्ता भएको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिएका छन्। 
  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.