पसल तोडफोड गरी ५ लाखभन्दा बढीको मदिरा चोरी

पसल तोडफोड गरी ५ लाखभन्दा बढीको  मदिरा चोरी

जुम्ला : जिल्ला सदरमुकाम खलंगास्थित दुईवटा पसलबाट शुक्रबार राति लाखौंको मदिरा चोरी भएको छ। जिल्ला प्रहरी कार्यालय नजिकै रहेको मिरा महतको पसल र चन्दननाथ नगरपालिकाको कार्यालय अगाडीको लेकराज न्यौपानेको पसल तोडफोड गरी एकै राति लाखौंको मदिरा चोरी भएको हो।

पसल चोरी भएपछि दुबै संचालकले घटना मुचुल्कासहित जिल्ला प्रहरी कार्यालयमा निबेदन दिएका छन्। मिराको पसलबाट एक लाख बढी र लेकराजको पसलबाट चार लाख बढी मुल्य बराबरको सिलबन्दी मदिरा चोरी भएको हो।    

दुईवटै पसल तोडफोड गरी ठूलो परिणाममा एकै राति सिलबन्दी मदिरासहित खाद्य सामाग्री चोरी हुनुलाई सदरमुकाममा सुरक्षा अवस्था कमजोर रहेको स्थानीयको गुनासो छ।

राति सदरमुकामका सबै बजार क्षेत्रमा प्रहरीको ड्युटी हुन्छ, तर प्रहरी ड्युटीमा हुँदाहुँदै प्रहरी हाताभित्रै चोरीका घटना हुनुलाई प्रहरीको ड्युटीप्रति समेत स्थानीयले आशंका गरेका छन्।

'जिप्रकामा प्रहरीको २४ सै घण्टा ड्युटी हुन्छ, मेरो पसल त्यसैको अगाडी छ, मिरा महतले भनिन्, 'पसल तोडफोड गरी चोरहरु भित्रै बसेर मदिरा र नास्ता खाइ जाँदा समेत प्रहरीले थाहा नपाउनु यो कस्तो सुरक्षा हो?' पटक पटक प्रहरी हाताभित्रकै पसल चोरी हुनुमा पत्रकार महासंघ शाखा जुम्लाले सदरमुकामको सुरक्षा व्यवस्थाप्रति चिन्ता व्यक्त गरेको छ। 

गत मंसिर २६ र गत शुक्रबार गरी लेकराज न्यौपानेको पसल मात्रै दुई पटक चोरी भएको छ। उनले भने, 'चोरीका घटनाप्रति प्रहरीको निगरानी कम छ, दुःखले जोडेको धन सधैं चोरले उडाएपछि कसरी हामीले शान्ति सुरक्षाको प्रत्याभूति गर्ने ?' ठूला सहरमा चोरीका घटना एकै छिनमा पत्ता लाग्ने गरेको भन्दै उनले प्रहरीकै कमजोरीका कारण जिल्लामा चोरीका घटना पत्ता नलागेको बताए। 

यता जिल्ला प्रहरी कार्यालयले पसल चोरीको अनुसन्धान भइरहेको बताएको छ। अनुसन्धानपछि चोर पत्ता लागेमा कानुन बमोजिम कारवाही हुने जनाइएको छ। विगत एक वर्षयता जिल्ला सदरमुकाममा चोरीका घटना कम हुँदै आएका थिए। 

जिल्ला सदरमुकाममा अध्यधिक चोरीका घटना बढ्दै गएपछि पूर्व डीएसपी डा. तपन कुमार दाहालले त्यस विरुद्ध विशेष अप्रेशननै चलाए। तर उनी रहँदा सम्म चोरीका घटना कम भएपनि उनी गएको केहि दिनपछि नै पुन: चोरीका घटना बल्झिएका छन्। उनी जिल्लामा रहन्जेलसम्म चोरीका घटनामा संलग्न प्रहरीको समेत पर्दाफास गर्न सफल भएका थिए।    
  
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.