मिङमा ग्याबु बने 'शेर्पा अफ द इयर'

मिङमा ग्याबु बने 'शेर्पा अफ द इयर'

काठमाडौं : चर्चित पर्वतारोही गाइड मिङमा ग्याबु शेर्पा एसियाकै 'शेर्पा अफ द इयर' बनेका छन्। पर्वतारोहणका क्रममा समस्यामा परेका आरोहीलाई उद्धार गरी जीवन बचाएको भन्दै युनियन अफ एशियन अल्पाइन एशोसिएसन (युएएए) ले शेर्पालाई 'शेर्पा अफ दि इयर' पुरस्कार प्रदान गरेको हो। 

एसियाली राष्ट्रले पर्वतारोहणलाई विकास गर्न गठन गरेको 'युएएए' संस्थाले मिङमालाई एक हजार अमेरिकी डलर नगदसहित आइसएक्स प्रदान गरी पुरस्कृत गरेको हो। आइतबार साँझ काठमाडौंमा युएएएले आयोजना गरेको कार्यक्रममा संस्थाका अध्यक्ष डाक्टर इन जियाङ ली र नेपाल पर्वतारोहण संघका अध्यक्ष शन्तबीर लामाले पुरस्कारसहित सम्मान गरेका थिए। 

२०७३ मा सगरमाथाको आठ हजार छ सय मीटर (साउथ समिट) मा अक्सिजन सकिएर मृत्युको पर्खाइ रहेको भारतीय आरोही चेत्नालाई उद्धार गरी बचाएका थिए। यो हालसम्मकै उच्च क्षेत्रबाट गरिएको उद्धार हो। यता सन् २०१३ मा धौलागिरी हिमालको सात हजार चार सय मीटरमा भिजिविलिटी कम भएर वेपत्तामा परेका १७ मध्ये १३ जनालाई लङलाइङ (डोरीमा झुण्डीएर) प्रविधिबाट उद्धार गरी बचाउन मिङमाले नेतृत्व गरेको भन्दै संस्थाले 'शेर्पा अफ द इयर' बाट पुरस्कृत गरेको नेपाल पर्वतारोहण संघका अध्यक्ष शन्तवीर लामाले बताए। 

२०६५ ट्रेकिङ पेशामा सम्लग्न भई २०६६ मा १९ वर्षकै कलिला उमेरमा सगरमाथाको आरोहण गरेका थिए। आरोहणसँगै मिङमाले जीवननै बाजी राखेर सबैभन्दा उच्च क्षेत्रमा मृत्यु हुन लागेका आरोहीलाई उद्धार गरेर मानवीयता देखाएकाले उनी शेर्पा अफ द इयर बन्न उचित भएको माउण्टेन गाइड लाक्पा शेर्पाले बताए।

 ताप्लेजुङको एक हजार ६ सय मीटर लेलेपमा जन्मिएका २९ वर्षीय मिङमा ग्यावुले सगरमाथा ६ पटक , केटु २ , ल्होत्से, मकालु छ्यो यू एक पटक, मनास्लु र आमादव्लम ३ पटक आरोहण गरी सकेका छन भने दुई दर्जन बढी होचा हिमालको आरोहण गरिसकेका छन्।

डेड घण्टा पैदलदूरीमा रहेको सरस्वती माध्यमिक विद्यालय अध्यन गर्ने मौका पाएका उनले एसएलसीसम्मको अध्ययन पछि उनी आरोहण पेशामा लागेको बताए। मृत क्षेत्र भए पनि आरोहीले सामान्य मानेर हिमाल आरोहणमा जाँदा दुर्घटना हुने गरेको भन्दै सक्षम बनेर मात्र आरोहणमा जान मिङमाले सुझाव दिए।उनी सेभेन समिट गर्ने र त्यसपछि आठ हजार माथिका २० वटै अग्लो चुचुरो आरोहण गर्ने तयारीमा छन्। पर्वतारोहण पर्यटनको विकास गर्न सहयोग पुर्‍याउने, पर्वतारोहण क्षेत्रमा भएका घटना र दुर्घटना न्यूनीकरण गर्न उद्धारलाई सहयोग गर्ने उनको लक्ष्य छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.