जग्गा फिर्ता नपाए सामुहिक आत्मदाह गर्ने चेतावनी

जग्गा फिर्ता नपाए सामुहिक आत्मदाह गर्ने चेतावनी

वीरगन्ज : बाराको सिम्रौनगढ नगरपालिका-८ कचोर्वाका  राजेश प्रसाद जयसवालको परिवारले सामुहिक आत्मदाह गर्ने चेतावनी दिएको छ। सोमबार पत्रकार सम्मेलन गरेर ४६ वर्षिय राजेश, ३९ वर्षकी श्रीमति शोभा देवी, १४ वर्षका छोरा अनिष, छोरीहरू अस्मिता र अदितीले सामुहिक आत्मदाह गर्ने चेतावनी दिएका हुन्।

आफ्नो अंशमा परेको पैतृक जग्गा, विहे भइसकेकी दिदी बच्चिया देवीले १८ वर्ष पहिले प्रलोभनमा पारेर आफनो नाममा पास गराएको भन्दै  राजेशले अहिले उक्त जग्गा फिर्ता माग्दा दिन इन्कार गरेकाले जग्गा फिर्ता नपाए श्रीमति, छोरा र छोरीहरू सहित आफुले सामुहिक आत्मदाह गर्ने चेतावनी दिएका हुन्।

१८ वर्ष पहिले आफु कुलतमा फसेका बेला बुबा आमा सहितका आफन्तले करकापमा पारेर आफनो अंशमा परेको ६ कठ्ठा ३ धुर ६ कन्वा जग्गा, २०५७ साल फागुनमा ठूली दिदी बच्चिया देवीको नाममा पास गर्न लगाएको राजेशले  पत्रकार सम्मेलनमा बताए।

'त्यो बेला म कुलतको दुर्व्यसनमा फसेकाले जग्गा बेचेर सबै सक्छ भनेर आमा कोशीला देवीले विहेपछि  बालबच्चा जन्मिएपछि फेरि उक्त जग्गा मेरो बालबच्चाको नाममा पास गरेर फिर्ता गरिदिने प्रलोभन दिएर दिदीको नाममा जग्गा पास गर्न लगाएकी थिइन्' राजेशले भने ,‘अहिले मेरो छोरा छोरी भइसक्दा पनि उ बेलाको शर्त अनुसार दिदी भिनाजुले जग्गा फिर्ता नगरी अर्कैलाई बेचिदिएका छन्।'

 यदि मेरो जग्गा फिर्ता भएन भने जग्गा फिर्ताका लागि प्रशासनले पहल गरेन भने म बाध्य भएर श्रीमति, छोरा र छोरी सहित पाचै जनाले सामुहिक आत्मदाह गर्छु' पत्रकार सम्मेलनमा राजेशले भने।

बाराका प्रमुख जिल्ला अधिकारी गणेश भटटराइले भने यस बारेमा आफुलाइ जानकारी नै नभएको प्रतिक्रिया दिए। 'अहिले सम्म मलाइ यो बारेमा कुनै जानकारी छैन' उनले भने ,‘यदि कसैले आत्मदाह गर्ने चेतावनी पनि दिन्छ भने त्यो कानुनको बर्खिलाप हो, त्यसैले कानुनको बर्खिलाप हुने काम गर्छ भने उ कारवाहीको भागीदार हुन्छ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.