सीए सम्मेलन : समृद्धिका लागि लगानीमैत्री वातावरण

सीए सम्मेलन : समृद्धिका लागि लगानीमैत्री वातावरण

काठमाडौं : सरकार र निजी क्षेत्रबीच साझेदारी भए मात्र समृद्ध मुलक बनाउने सरकारी अभियान सफल हुने उद्योगी तथा व्यवसायीले बताएका छन्।

सोमबार राजधानीमा भएको चार्टर्ड एकाउन्टेन्ट्स (सीए) हरूको सम्मेलनमा उनीहरूले यस्तो बताएका हुन्। उद्योग व्यवसाय सञ्चालन गर्न अहिले भएको कानुन लगानीमैत्री नभएको बताउँदै उनीहरूले पुराना कानुन तत्काल परिमार्जन गर्न सरकारलाई सुझाव दिए।

लगानीमैत्री कानुन ल्याउन सकिए नेपालमा प्रशस्त विदेशी लगानी भित्र्याउन सकिने नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताए। हाइड्रोपावर तथा पर्यटन क्षेत्रको विस्तार गर्न सकिए मुलुकले आर्थिक क्षेत्रमा ठूलो फड्को मार्न सक्ने उनले बताए।

‘मुलुकमा अझै आर्थिक अस्थिरता मुख्य समस्या बनेको छ’, गोल्छाले भने, ‘व्यापार घाटा अकासिएको छ। रेमिट्यान्सले अर्थतन्त्र थेगिरहेको छ। अव दिगो विकासका उपायतर्फ सोच्नुपर्छ।’ आईएमई ग्रु्रपका अध्यक्ष चन्द्र ढकालले सरकारले बजेट भाषणमै उल्लेख गरेको हरेक वर्ष पाँच लाख रोजगारी सिर्जना गर्ने भन्ने कार्यक्रमलाई पूर्णता दिन निजी क्षेत्रसँग साझेदारी आवश्यक रहेको उनको भनाइ छ।

‘मलेसियाका वर्तमान प्रधानमन्त्री महाथिरले पनि निजी क्षेत्रसँगको साँझेदारीमै आर्थिक समृद्धि हाँसिल गरेको मसँग बताएका थिए। नेपाल सरकार पनि स्वदेशी तथा विदेशी लगानी सुरक्षाका लागि सहज बन्नुपर्छ’, ढकालले भने, ‘यो भयो भने हामी छोटो समयमै प्रगति गर्न सक्छौं।’

समृद्ध मुलुक बनाउने अभियानमा सीएहरूको भूमिका महत्वपूर्ण हुने पनि ढकालले बताए। अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले कानुनी अड्चनका कारण मुलुकमा व्यवसाय सञ्चालन गर्न कठिन भएको गुनासो गरे। मुलुक समृद्ध बनाउने अभियानमा सरकारले सीएहरूलाई पनि साथमा लिनुपर्ने उनको भनाइ थियो।

‘सीएहरू व्यवस्थापन विज्ञ हुन्। उनीहरू इन्जिनियर पनि हुन्। उनीहरूलाई ट्याक्सेसनको क्षेत्रमा मात्र सीमित राखिनुहुन्न’, थापाले भने, ‘सीएहरूलाई राष्ट्रिय योजना आयोगजस्तो नीति निर्माण तहमा काम गर्ने संस्थामा लैजानुपर्छ।’

देउराली जनता फर्मास्युटिकल्सका सञ्चालक तथा सीएनआईका अध्यक्ष हरिभक्त शर्माले व्यवसाय सञ्चालनका लागि हाल मुलुकमा रहेका कुनै पनि कानुन व्यवसायमैत्री नभएको दाबी गरे।

‘यस्ता हरेक कानुन सुधारको खाँचो छ। तर नेताहरू यतातिर ध्यान दिन भ्याउँदैनन्’, शर्माले भने, ‘यहाँ काम गरेर खानेभन्दा हल्ला गर्नेको जमात बढी छ।’ मुलुकमा कर प्रणालीसँग सम्बन्धित विषयमा भएका मनपरीलाई रोक्न सीएहरूको भूमिका महत्वपूर्ण हुने शर्माले बताए।

सम्मेलनका उद्घाटन गर्दै ऊर्जामन्त्री वर्षमान पुनले कम्युनिस्ट सरकार भनेर नतर्सन लगानीकर्तालाई अनुरोध गरे। मुलुकको आर्थिक वृद्धिका लागि सीएहरूको भूमिका महŒवपूर्ण रहेको उनले बताए। सम्मेलन नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघले आयोजना गरेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.