साइबरमा लाइसेन्सदेखि नागरिकतासम्म, पक्राउ परे सञ्चालक

साइबरमा लाइसेन्सदेखि नागरिकतासम्म, पक्राउ परे सञ्चालक

काठमाडौँ  : प्रहरीले कीर्ते गरी नक्कली कागजात बनाउने एक जनालाई आज तारकेश्वर नगरपालिका–११ मनमैजुबाट पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मनमैजुमा उग्रचण्डी साइबर सञ्चालन गर्दै आएका काभ्रेपलाञ्चोकका विपुन श्रेष्ठ रहेका महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले बताए ।उक्त साइबरले नक्कली कागजपत्र बनाउँदै आएको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेको हो । 

त्यस क्रममा श्रेष्ठले सक्कली सर्टिफिकेट, सवारी चालक अनुमतिपत्र, नागरिकतालगायतमा वास्तविक नाम हटाइ नक्कली नाम राखी बिक्री गर्ने गरेको पाइएको थियो । 

प्रहरीले उनका साथबाट नक्कली कागजपत्र बनाउन प्रयोग गरिएको ल्यापटप, फोटोकपी मेसिन र तयारी अवस्थामा राखिएका नक्कली कागजपत्रसमेत बरामद गरेको छ । पक्राउ परेका श्रेष्ठलाई लिखत कीर्तेमा अनुसन्धान गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रनाउ बोगटीले बताए । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.