तल्लो खारेखोको ११ मेगावट साउनदेखि राष्ट्रिय प्रसारणमा थपिँदै

तल्लो खारेखोको ११ मेगावट साउनदेखि राष्ट्रिय प्रसारणमा थपिँदै

दोलखा : गौरीशंकर गाउँपालिका–५, सुरीदोभानस्थित ११ मेगावाट क्षमताको तल्लोखारेखोला जलविद्युत् आयोजनाले २०७६ साउनसम्ममा व्यवसायिक विद्युत् उत्पादन गर्ने भएको छ ।

२०७१ साल असोजबाट निर्माण सुरु गरेको आयोजनाको करिब ६६ प्रतिशत निर्माण सम्पन्न भएको छ । आयोजनाको लागि चाहिने अधिकाँस इक्विपमेन्ट ढुवानी भइसकेपछि हिउँद महिनामा तीव्र गतिमा निर्माण अगाडि बढाइएको छ । अब २०७६ साउनसम्ममा व्यवसायिक उत्पादन गरिने तल्लोखारेखोला जलविद्युत् आयोजनाका प्रोजेक्ट म्यानेजर अनुप थापाले जानकारी दिए ।

ायोजनाको सिभिल निर्माण अन्र्तगतका हेडवक्र्स, डिस्यान्डर वेशिन, वाटरवे, पावर हाउस र टेलरेसको निर्माण कार्य करिब ५९ प्रतिशत सम्पन्न भइसकेको प्रोजेक्ट म्यानेजर थापाले जनाए । इलेक्ट्रोमेकानिकलतर्फ ५५ प्रतिशत, हाइड्रोमेकानिकलतफए ८५ प्रतिशत, प्रशारण लाइन तथा सवस्टेशन २५ प्रतिशत निर्माण सम्पन्न भएको उनले बताए । रन अफ रिभरमा आधारित आयोजनाको अधिकांश संरचना गौरीशंकर गाउँपालिका–५, सुरी र वडा नं. ६ को गुरुम्फीमा निर्माण भइरहेको उनले बताए ।

आयोजनाबाट उत्पादित विद्युत्लाई १३२ केभीए क्षमताको करिब ५ किलोमिटर प्रशारणलाईनमार्फत सुरीदोभानदेखि कालिञ्चोक गाउँपालिकाको सिंगटीस्थित नेपाल विद्युत् प्राधिकरणको सवस्टेशनमार्फत राष्ट्रिय प्रशारण केन्द्रमा जडान गरिनेछ ।

कम्पनीले आफ्नो जारी पूँजी दुई अर्ब १० करोड तीनलाख ५० हजारको १० प्रतिशतले हुने २१ करोड ३५ हजार रकम बराबरको २१ लाख तीनसय ५० कित्ता सेयर आयोजना प्रभावित क्षेत्र गौरीशंकर, कालिन्चोक र विगु गाउँपालिकाका बासिन्दाहरुका लागि आवेदन पनि खुल्ला गरिसकेको छ । 

आयोजनाको प्रवद्र्धक युनिभर्सल  पावर कम्पनी लिमिटेडका अनुसार साधारण लगानी फिर्ता हुने अवधि आठ वर्ष रहनेछ भने डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि करिब १४ वर्ष रहेको छ ।

पहिला ८ दशमलब २६ मेगावाट क्षमतामा अध्ययन गरिएकोमा विस्तृत आयोजना प्रतिवेदन बनाउने क्रममा २ दशमलब ७४ थप गरि ११ मेगावाटको क्षमताको आयोजना डिजाइन गरिएको उनले बताए ।

प्रतिमेगावाट करिब १८ करोड ६० लाखका दरले ११ मेगावाटको २ अर्ब ४ करोड ६० लाखको लागतमा निर्माण गरिएको आयोजनाले बार्षिक ६ करोड २७ लाख ३१ हजार ७ सय ५१ किलोवाट घण्टा विद्युत उत्पादन तथा विक्री गरिनेछ । आयोजनाबाट उत्पादित अतिरिक्त उर्जालाई विद्युत् खरिद सम्झौताको खरिद दरको ५० प्रतिशतका दरले नेपाल विद्युत प्राधिकरणले भुक्तानी गर्नेछ ।

फोटो क्याप्सन ः
१. तल्लो खारेखोला जलविद्युत् आयोजनाको गौरीशंकर गाउँपालिका–५, सुरीदोभानमा निर्माणाधिन सतही विद्युत् गृह । 
२. तल्लो खारेखोला जलविद्युत् आयोजनाको पेनस्टक पाइप जडान क्षेत्र । 
तस्विर ः रवीन्द्र गौतम । अन्नपूर्ण पोष्ट


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.