३ बोरा सुर्तिजन्य समान बरामद
राजविराज : सप्तरीको बलान बिहुल गाउँपालिकाबाट सप्तरी प्रहरीले तीन बोरा सुर्तिजन्य अवैध समान बरामद गरेको छ। प्रहरी चौकी मौवाहाबाट खटिएको गस्ती टोलीले भारतबाट भंसार छली चोरी पैठारी गरी ल्याएको एक बोरा सुर्ति, एक बोरा बिडी र एक बोरा राजनिबास बरामद गरेको हो।
सुर्तिजन्य समान बेवारिसे अवस्थामा बरामद भएकाले प्रहरीले तिलाठी कोइलाडीस्थित कुनौली-बेल्ही भंसार कार्यालयमा सोमबार बुझाएको छ।