देशभर मौसम बदली, काठमाडौंमा पानी पर्ने

देशभर मौसम बदली, काठमाडौंमा पानी पर्ने

काठमाडौं : मुलुकभर आज मौसममा आंशिकदेखि सामान्य बदली भई पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली भेगमा मध्यम हिमपातको सम्भावना रहेको छ। पश्चिमी वायुको प्रभावले मौसममा आंशिकदेखि सामान्य बदली देखिए पनि बेलाबेलामा घाम पनि लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मौसमविद् गङ्गा नगरकोटीका अनुसार अपराह्नदेखि भने देशभर पूर्ण बदली भई हल्का वर्षा र उच्च पहाडी भेगतिर मध्यम खालको हिमपात हुनेछ। रातिचाहिँ काठमाडौँ उपत्यकामा पनि वर्षा हुनसक्ने बताइएको छ।

'यस अवधिमा न्यूनतम तापक्रम नघटे पनि अधिकतम तापक्रम घट्ने भएकाले बढी चिसो महसुस गरिएको हो,' मौसमविद् नगरकोटीले बताए। आज काठमाडौंको न्यूनतम तापक्रम ५ दशमलव ० डिग्री सेल्सियस मापन गरिएको छ। सोमबार काठमाडौँको न्यूनतम तापक्रम ३ दशमलव ८ डिग्री सेल्सियस थियो। 

राति देशको पश्चिमी क्षेत्रका अधिकांश स्थानमा मध्यमदेखि हल्का हिमपात र वर्षाको सम्भावना छ। साथै उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुने महाशाखाले जनाएको छ। त्यस्तै बुधबार मौसममा आंशिकदेखि सामान्य बदली हुने र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

बिहीबार देशको पश्चिमी भूभागमा आंशिकदेखि सामान्य बदली रही पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ। महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौंको न्यूनतम तापक्रम ५.० तथा अधिकतम तापक्रम २० दशमलव ८ डिग्री सेल्सियस छ।

दाङमा न्यूनतम तापक्रम माइनसमा झरेको छ। सबैभन्दा बढी विराटनगरको अधिकतम तापक्रम २७ डिग्री सेल्सियस छ। रासस
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.