प्रचण्ड परिवारमा भाइरलको प्रकोप

प्रचण्ड परिवारमा भाइरलको प्रकोप

काठमाडौं : पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल 'प्रचण्ड' परिवारमा भाइरलको प्रकोप देखिएको छ।  

प्रचण्ड आफै भारल ज्वरो र रुघाखोकीले ग्रस्त भएर घरमा आराम गरिरहेका छन् भने उनकी श्रीमती सीता दाहाल आइतबार विहानबाट सुमेरु अस्पतालमा भर्ना भएर उपचार गराइरहेकी छन्। उनलाई पुरानो रोगले भन्दा पनि भाइरलले यसपटक समस्या पारेको छ।

प्रचण्डका स्वकीय सचिव तथा छोरी गंगा दाहालका अनुसार प्रचण्डकी बुहारी तथा खानेपानी मन्त्री बिना मगरलाई पनि भारल ज्वरो र रुघाखोकीले समातेको छ। सोमबार वेलुकीबाट सासु राखेकै सुमेरु अस्पतालमा उनी भर्ना भएकी छन्।

यस अगाडी पनि नातिनी तथा गायिका स्मृपित दाहाल र नातिहरु प्रशिद्द र प्रणव दाहाल पनि विरामी भएका थिए। सुमेरुमै उपचारपछि उनीहरू हिजो मात्र डिस्चार्ज भए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.