तयार हुँदै लार्चाको सुख्खा बन्दरगाह, खासा नाका वैशाखमा खुल्ने

तयार हुँदै लार्चाको सुख्खा बन्दरगाह, खासा नाका वैशाखमा खुल्ने

चौतारा : सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीको दश किलोस्थित लार्चामा निर्माण भइरहेको सुख्खा बन्दरगाहको काम ९० प्रतिशत सकिएको छ । 

चीन सरकारको आर्थिक सहयोगमा चिनियाँ रेल्वे कन्स्ट्रक्सन कम्पनी सिआरसिसी फोर्टीन ब्यूरोले बनाइहेको  बन्दरगाह आगामी २०७६ वैशाख १६ गते अर्थात् सन् २०१९ मे १ मा चीन सरकारले नेपाललाई हस्तान्तरण गर्ने छ । 

चीनले नेपाललाई हस्तान्तरण गरेसँगै यो बन्दरगाह सञ्चालनमा आउने इन्टर मोडेल यातायात विकास समितिका निर्देशक लक्ष्मणबहादुर बस्नेतले जानकारी दिएका छन् । 

सुख्खा बन्दरगाहको सम्पूर्ण भवन निर्माण कार्य, जमीन ढलान, रंगरोगन लगायतका काम सम्पन्न भइसकको छ । भोटेकोशी नदीमा निर्माण गरिने ११२ मिटर लामो पक्की पुलको दाँयाबायाँको पिलर तयार भई पुलमाथि फलाम राख्ने काम अन्तिमचरणमा पुगेकाले अबको ३८ दिनभित्र सकिने लक्ष्य रहेको त्यहाँ कार्यरत मिलना शेर्पाले जानकारी दिए । 

मितेरी पुलस्थित लिपिङमा रहेको साविक भन्सार कार्यलय भन्दा छ किलोमिटरयता रहेको सो बन्दरगाह सुविधायुक्त र अत्याधुनिक हुनेछ । 

५०० रोपनी क्षेत्रफल ओगटेको बन्दरगाहामा १५८ वटा ठूलो कन्टेनर राखेर जाँचपास गर्न सकिनेछ । त्यस्तै ६० देखि १०० मेट्रिकटन सामग्री एकै पटक तौलिनेयन्त्र बन्दरगाहमा राखिनेछ । 

बन्दरगाह परिसरमा भन्सार कार्यालय, पशु तथा कृषि क्वारेन्टाइन, गोदामघर, जाँचपास यार्ड, चेकपोष्ट, बैंक तथा कर्मचारी आवास गृह सहितको संरचना तयार भएको छ । 

सिआरसिसीले २०७५ वैशाख २० गते एक वर्षमा सक्ने गरी इन्टर मोडेल यातायात विकास समितिसँग दुई अर्ब ३५ करोडमा सम्झौता गरेको थियो । 

शुरुमा २०६९ पुसमा २६ महिनामा सक्ने गरी एक अर्ब २० करोड ६८ लाखमा निर्माण गर्ने गरी बेइजिङ रियल स्टेट ग्रुपले सम्झौता गरेको थियो ।विसं २०७१ र ०७३ को बाढी तथा २०७२ को विनाशकारी भूकम्पले क्षति पुर्‍याएपछि काम रोकिएको थियो । 

खासा नाका खुल्ने 

२०७२ को भूकम्पपछि बन्द भएको तातोपानी नाका आगामी वैशाखबाट खुल्ने भएको छ । वैशाखमा खासा नाका खोल्ने गरी सुख्खा बन्दरगाह निर्माणको तयारी तीब्र पारिएको हो । 

सुक्खा बन्दरगाह ९० प्रतिशत सकिएकाले खासा नाका पनि खोल्न लागिएको हो । चीन सरकारले बाह्रबिसेदेखि मितेरी पुलसम्मको २६ किलोमिटर कोदारी राजमार्ग पनि ५० प्रतिशत बनाइसकेको छ ।

भूकम्पले भत्किएको संरचना बनाउन दुवै देशका १२ सय भन्दा धेरै कामदरा परिचालित भइरहेका छन् । मितेरी पुल भने चीनले मात्रै तीब्र गतिमा निर्माण गरिरहेको छ । सुख्खा बन्दरगाह निर्माण सकेसँगै चीनले खासा नाका खोल्ने सहमति यसअघि नै जनाइसकेको छ। रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.