‘पौडेल र देउवा गुट होइन, कांग्रेस बन्नुहोस्’

‘पौडेल र देउवा गुट होइन, कांग्रेस बन्नुहोस्’

बुटवल : कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी नेताको दौराको फेरो समातेर पद ताक्ने काम छाड्न कार्यकर्तालाई निर्देशन दिएका छन्। 

देउवा र पौडेल भन्दै गुट बनाउदा कांग्रेस बिजोग  अवस्थामा आएको भन्दै अब पनि यस्तै प्रवृत्ति रहे कम्युनिस्ट सत्ताविरुद्ध लड्न नसकिने उनको भनाइ छ।

प्रजातान्त्रिक विचार मञ्चले मंगलबार बुटवलमा गरेको कार्यक्रममा बोल्दै उनले विगतमा सभापतिले टीका लगाएर चुनावको टिकट बाढेकैले पार्टीको यो हालत भएको भन्दै अब त्यस्तो क्रियाकलाप रोक्नु निर्देशन दिएका हुन्। 

‘देउवा पनि कांग्रेस होइनन्, पौडेल पनि कांग्रेस होइनन्, तपाईहरु नेपाली कांग्रेस बन्नुहोस्, पार्टीको निष्ठा अनुसार अघि बढ्नुस्’, उनले भने, ‘नेता समातेर पद प्राप्त गर्न सामदाम दण्डभेद प्रयोग गर्ने ? यसरी पार्टीको भलो हुदैन।’ 

कांग्रेसका सामु कम्युनिस्ट उकालो पहाड जस्तै चुनौतीका रुपमा उभिएको भन्दै अर्काे निर्वाचनमा सत्ता प्राप्तीका लागि कार्यकर्ता गुट त्यागेर अघि बढ्नुको विकल्प नभएको उनको भनाइ छ।

प्रजातान्त्रिक पार्टीभित्र सिद्धान्तमा बहस हुनु जायज रहेको भन्दै उनले चार वर्षभित्रै महाधिवेशनमा गर्नुको विकल्प नभएको बताए। 

टेलिफोन र चिनजानको भरमा सभापतिबाट सांसदको टिकट काटिदा चुनाव हारिएको बिगत दोहोर्‍याउन नहुने भन्दै उनले जनताको बीचमा रहेका नेतालाई मात्रै चुनावमा पठाउनुपर्ने वातावरण बनाउन अधिवेशन आवश्यक रहेको जिकिर गरे। 

पार्टीका आन्तरिक विवाद १४ औं महाधिवेशनमा थन्क्याएर आगामी चुनावमा गुटरहित भएर जान ढिलाई गर्न नहुने उनको भनाइ छ। 

फरक प्रसंगमा नेता पौडेलले वर्तमान सरकार सबै योजनामा ‘फेलियर’ भएको आरोप लगाए। सरकारमा लोकतन्त्रको संस्कार नै नरहेको र लोकतन्त्रको घाँटी निमोठेर अधिनायकबाट उन्मुख भएको उनको दाबी छ। 

समाजवादको नारा लगाएर कार्यकर्ता भर्ती गरिएको जिकिर गर्दै पौडेलले मुलुकमा अराजकता निम्त्याउने काम सरकारबाटै उनको भनाइ छ। पौडेलले सरकारका गलत क्रियाकलापको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशनसमेत दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.