कांग्रेस सांसदले रोष्ट्रम घेरे, सदन चल्न नदिने

कांग्रेस सांसदले रोष्ट्रम घेरे, सदन चल्न नदिने

काठमाडौँ: आफ्ना दुई नेताको नाममा खोलिएका अस्पताल संघीय सरकार मातहत नल्याउने निर्णयको विरोधमा कांग्रेसले प्रतिनिधि सभाको रोष्ट्रम घेरेको छ । 

सभामुख कृष्णबहादुर महराले बैठक सुरु गर्नेबित्तिकै विशेष समय लिएर सांसद प्रकाशमान सिंहले बोलेपछि कांग्रेस सांसदहरुले रोष्ट्रम घेराउ गरेका हुन् । 

सांसद सिंहले तनहुँस्थित जिपी कोइराला श्वास प्रश्वास केन्द्र र बाँकेस्थित सुशील कोइराला क्यान्सर अस्पताल संघीय सरकारमा मातहतमा ल्याउने निर्णय सरकारले नगरेसम्म संसद बैठक चल्न नदिने घोषणा गरे । 

उनले यो घोषणा गरेसँगै कांग्रेसका सांसदहरु आ–आफ्नो स्थानबाट उठेर नाराबाजी गर्दै रोष्ट्रम घेर्न पुगेका थिए । तर, सभामुख महराले उनीहरुलाई पटक पटक बस्न आग्रह गर्दा पनि नमानेपछि बैठक १५ मिनेटमा लागि स्थगित गरिएको छ । 

सोमबार पनि दुई पटक बसेको प्रतिनिधि सभाको बैठक कांग्रेसकै अवरोधका कारण आजसम्मका लागि स्थगित भएको थियो । सोमबार नै राष्ट्रिय सभामा पनि कांग्रेसले अवरोध गरेपछि बैठक एक साता पर सरेको छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.