स‌ंसद् भवन अगाडिबाट २१ जना प्रदर्शनकारी पक्राउ

स‌ंसद् भवन अगाडिबाट २१ जना प्रदर्शनकारी पक्राउ

काठमाडौँ : प्रा.डा. गोविन्द केसीसँग सरकारले गरेका सहमति कार्यान्वयन गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका मानव अधिकार तथा शान्ति समाजका २१ जना सदस्यहरु मंगलबार नयाँबानेश्वरस्थित संघीय संसद भवन अगाडिबाट पक्राउ परेका छन् । 

वाइड बडी खरिदमा संसदलाई ढाटेको भन्दै पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई बर्खास्त गर्न र वाइड बडी जहाज ल्याउँदा भएको भ्रष्टाचारमा संलग्न मुख्य दोषीहरुलाई कारबाही माग गर्दै उनीहरु प्रदर्शनमा उत्रिएका थिए । 

प्रहरीले प्रदर्शनमा उत्रिएका समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति उत्तम पुडासैनी, सल्लाहकारहरु होमकान्त चौलागाईँ, डा गंगाधर अधिकारी, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल र केन्द्रीय सदस्य गीता तिमल्सिनासहित २१ जनालाई पक्राउ गरेको हो । 

पक्राउ परेका सबैलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर परिसरमा राखिएको छ । प्रदर्शनमा उत्रेका अधिकारकर्मीले 'ठूला नेता मिलेका, साढे चार अर्ब निलेका', 'दुईतिहाइ सरकारको उपहार, साढे चार अर्ब भ्रष्टाचार', डा केसीसँगको सहमति कार्यान्वयन गर, 'जहाज खरिद भ्रष्टाचार : मुख्य दोषीहरुलाई कारबाही गर' जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.