म्याग्दी र मुस्ताङमा वर्षासँगै हिमपात : चिसो बढ्यो, स्कुल बन्द, किसानलाई राहत

म्याग्दी र मुस्ताङमा वर्षासँगै हिमपात : चिसो बढ्यो, स्कुल बन्द, किसानलाई राहत

बेनी : करिब पाँच महिनापछि भएको वर्षा र हिमपातले म्याग्दी र मुस्ताङका कृषकमा खुसियाली छाएको छ। असोजदेखि यता वर्षा नहुँदा खेतबारीमा लगाएको गहुँ, जौ, उवालगायत हिउँदेबाली प्रभावित भएको थियो भने बर्खेबाली लगाउने तयारीमा लागेका कृषक पनि चिन्तित थिए। 

वर्षा भएपछि सिंचाई हुने, खेतबारीमा राखेको मल वर्षाले भिजेपछि बालिनाली लगाउन सजिलो हुने थासाङ गाउँपालिका २ कोवाङका कृषक चन्द्रबहादुर शेरचनले बताए। हिउँ पग्लिएर खेतबारीमा हालेको मल भिज्ने र बालिनाली फस्टाउने उत्पादन बढ्ने कृषक बताउँछन्। स्याउको परागसेचनका लागि माइनल तापक्रमको आवश्यकता पर्छ। स्याउ, जौं, गहुँ, उवा, फापर बाली सप्रने जनाइएको छ।

मुस्ताङको सबैजसो क्षेत्र, म्याग्दीको धवलागिरी गाउँपालिका १ गुर्जा, मंगला र रघुगंगा गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने टोड्के, अन्नपूर्ण गाउँपालिका ६ को घोडेपानी लगायतका स्थानमा मंगलबार दिउँसोदेखि हिउँ परेको छ।  

हिउँ पर्न थालेपछि बढेको चिसोले सर्वसाधारण घरबाहिर निस्कन नसकेको र पर्यटक आगमन नभएकाले सुनसान रहेको घोडेपानीका होटल व्यवसायी टेकसर बुद्धुजा पुनले बताए। गुर्जामा हिउँ परेर चिसो बढेपछि मंगलबार पठनपाठन बन्द भएको स्थानीय जनकल्याण माविका प्रअ रुपेश सुवेदीले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.