खुकुरी प्रहार गरी भतिजाले गरे काकीको हत्या

खुकुरी प्रहार गरी भतिजाले गरे काकीको हत्या

धुवाकोट (धादिङ) : नीलकण्ठ नगरपालिका-१४ स्थित धुवाकोटको रातमाटेमा भतिजाले आफ्नै काकीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका छन्। मंगलबार बिहान बारीमा काम गर्न गएकी मनिका आलेमगरको आफनै भतिजा नाता पर्ने सुमन आलेमगरले हत्या गरेका हुन् ।मनिकाको घाँटीमा खुकरी प्रहारपश्चात घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ।

खुकुरी प्रहार गर्ने सुमन आले मगर भने फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए। खुकुरी प्रहार गरेलगत्तै भागेका  हुन्। उनलाई  स्थानीयवासीले समात्‍न खोजेपनि असफल भए। घटनापछि जिल्ला प्रहरी कार्यलय धादिङवेशीबाट गएको प्रहरी टोलीले शव जिल्ला अस्पताल धादिङवेशी ल्याएको छ।

घटनाको अनुसन्धान सुरु गरिएको र आरोपितको खोजी गरिरहेको प्रहरीले जानकारी दिएको छ। 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.