प्रतिपक्षी सांसदको घेरामा शिक्षा मन्त्री, संसद बैठकमा जे भयो (भिडियो)

प्रतिपक्षी सांसदको घेरामा शिक्षा मन्त्री, संसद बैठकमा जे भयो (भिडियो)

काठमाडौं : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण १५ मिनेटका लागि स्थगित भएको बैठक दोस्रो पटक पनि स्थगित भएको हो। सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्न अनुमति दिएलगत्तै रोस्ट्रमतर्फ अघि बढ्दै गरेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई रोक्ने क्रममा सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबीच धकेलाधेकेल भएको थियो। 

बैठक सुरु हुनुअघि नै कांग्रेसका सांसदहरू रोस्ट्रम घ‍ेर्न पुगिसकेका थिए। 'तपाईँहरूले गल्ती गर्नुभयो' भन्दै सभामुखले मन्त्री पोखरेललाई चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्न समय दिए। उक्त विधेयक पारित गर्ने प्रतिनिधिसभाको कार्यसूचि थियो। 

कांग्रेसको अवरोधकै बीच विधेयक प्रस्तुत गर्न जान लागेका शिक्षामन्त्री पोखरेललाई कांग्रेस सांसदहरूले रोक्ने प्रयास गर्ने क्रममा सांसदहरूबीच धकेलाधकेल भयो। 

के भयो ?

शिक्षा मन्त्री विधेयक प्रस्तुत गर्न जाँदै गर्दा विपक्षीका केही सांसदले रोक्न खोजे। मन्त्री रोस्ट्रमतिर जाँदै गर्दा एक्कासी त्यहाँ भिड जम्मा भयो। भीडले मन्त्रीलाई घेर्न थाल्यो। बल्लतल्ल रोस्ट्रमतर्फ अघि बढ्दै गरेका मन्त्रीलाई विपक्षीका सांसदले घेरामा पारे। त्यसपछि सभामुख कृष्णबहादुर महराले बैठक १५ मिनेटका लागि स्थगित गरे।

बैठक स्थगित गरेपछि विपक्षीको घेरामा रहेका मन्त्रीलाई बैठकमा खटिएका मर्यादापालकले रेस्क्यु गरी रोस्ट्रमतिर ताने। कांग्रेस सांसदहरू फर्किएपछि मर्यादापालकको पछाडि एकछिन उभिएर उनी आफ्नो सिटतर्फ अघि बढे।

हेर्नुस् भिडियोः 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.