धनगढीमा डिपिएल तेस्रो संस्करणको तयारी तीव्र

धनगढीमा डिपिएल तेस्रो संस्करणको तयारी तीव्र

धनगढी : धनगढीमा हुन गइरहेको तेस्रो संस्करणको धनगढी प्रिमियर लीग (डिपिएल) को तयारी तिव्र पारिएको छ। यहि माघ २६ देखि फागुन १२ गते सम्म हुने डिपिएल प्रतियोगिताको तयारी ८० प्रतिशत पूरा भएको आयोजक धनगढी क्रिक्रेट एकेडमीका अध्यक्ष सुवास शाहीले जानकारी दिए। 

यसअघि संघीय प्रहरी इकाइ कार्यालयको मैदानमा हुने प्रतियोगितामा अब दर्शकले डिपिएल हेर्न बजारबाट ३ किलोमिटर टाढाको फाप्ला मैदानमा पुग्नुपर्ने भएको छ।'फाप्ला ग्राउन्डको विकासका लागि डिपिएल फाप्लामा हुन आवश्यक थियो, धनगढी क्रिक्रेट एकेडमीका अध्यक्ष सुवास शाहीले भने, ' यसकारण यस वर्ष फाप्ला मैदानमा प्रतियोगिता आयोजना गर्न लागेको छौं।'

उनले दर्शकका लागि ७ हजार क्षमताको अस्थायी प्यारापिट निर्माण गर्ने तयार अन्तिम चरणमा पुगेको जानकारी दिए। फाप्लाको मैदानले स्वरुप नै फेरेको छ। दुई महिना अगाडिदेखि भारत र केन्द्रबाट क्युरेटर झिकाएर पीच पनि तयार पारिएको छ भने झण्डै ७ हजार बढी दर्शक अटाउने अस्थायी प्याराफिटको काम सुरु भएको छ। यतिमात्र होइन अरु व्यवस्थापकीय काम पनि अन्तिम चरणमा पुगेको छ।प्रतियोगितामा देशका विभिन्न ६ टिमले प्रतिस्पर्धा गर्दैछन्।

विदेशी खेलाडी ल्याउने काम पनि अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। शाहीले डिपिएलको तेस्रो संस्करणले अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता हेरेको अनुभूति दिने दाबी गरे। प्रतियोगितालाई महोत्सवको रुप दिने आयोजकले बताएको छ ।

प्रतियोगितामा सांस्कृतिक मञ्च हुनेछ। खेलअघि पछि चर्चित कलाकारले आफ्नो प्रस्तुति दिनेछन्। डिपिएलका लागि अर्काको ग्राउन्डमा अस्थायी लगानी खेर जाने भएकाले यो वर्ष यस वर्ष फाप्लाको आयोजना हुन लागेको आयोजकले जानकारी दिएको छ।

शाहीले फाप्ला क्रिकेट मैदानमा करिब २५ लाखको लगानीमा आइसीसी मापदण्डको पीच र मैदान निर्माण भएको बताए। उनले पीच तयार पार्न मुम्बईबाट दुई अनुभवी क्युरेटर ल्याएर निर्माण गरिएको बताए।'मैदानमा ५ वटा पीच निर्माण भएका छन्।यो मैदान आइसीसीका प्रतियोगिताको मैदानभन्दा कम छैन,'शाहीले भने।

सुरुमा दैनिक २० जना मजदुर खटाएकोमा आजभोलि दैनिक ५ जना मैदानमा काम गरिरहेका छन्।फाप्लामा फिनिसिङ बाहेकको सबै कार्य सम्पन्न भएको छ। प्रतियोगितामा सहभागीता जनाउने खेलाडी र अफिसियलका लागि होटेललगायतको व्यवस्थाकीय कार्य पूरा भएको आयोजकले जनाएको छ।

'अन्तर्राष्ट्रिय मापदण्डमा २०-२० प्रतियोगिताका लागि ६५ यार्डको ग्राउन्ड आवश्यक हुन्छ,' धनगढी क्रिक्रेट एकेडमीका म्याच रेफ्रिदिपेन्द्र चौधरीले भने, 'फाप्लाको क्रिक्रेट मैदानको क्षेत्रफल र पीचको गुणस्तर पनि त्यही किसिमको तयार पारिएको छ।'
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.