तनहुँ कांग्रेसमा जोशी निकट समानान्तर कार्यसमिति गठन

तनहुँ कांग्रेसमा जोशी निकट समानान्तर कार्यसमिति गठन

तनहुँ : नेपाली कांग्रेसका पूर्व सह महामन्त्री गोविन्दराज जोशीनिकट समूहले तनहुँमा समानान्तर कार्यसमिति घोषणा गरेको छ । सदरमुकाम दमौलीमा भेला भएका जोशीनिकट कार्यकर्ताले खुला मैदानमा एक कार्यक्रम गरी समानान्तर कार्यसमिति घोषणा गरेका हुन् ।

जोशीकै उपस्थितिमा डिल्लीराम अधिकारीको नेतृत्वमा कार्यसमिति घोषणा भएको हो । अधिकारी यसअघि तत्कालिन क्षेत्र नम्बर ३ को कांग्रेस सभापति थिए । सचिवमा चिनु पोखरेल र कोषाध्यक्षमा बालकृष्ण पौडेलको नाम घोषणा गरिएको हो ।

कार्यक्रममा बोल्दै नेता जोशीले आफूले नौजनाबाट जिल्लामा पार्टी संगठन थालेको भन्दै वर्तमान नेतृत्वको हैकमवादी नेतृत्वले पार्टी कमजोर बनेको आरोप लगाएका थिए ।

साथै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा एकलौटी गरेको भन्दै अब त्यसलाई ताड्ने जोशीले चेतावनी दिएका थिए । नेता पौडेलप्रति लक्षित गर्दै उनले भने, ‘अब तनहुँमा कसैले एकलौटी गर्न पाउने छैन । एकलौटी गर्नेलाई कार्यकर्ताले तह लगाइदिएका छन् ।’

कार्यक्रममा जिल्लाका विभिन्न भागबाट कांग्रेसका कार्यकर्ता उपस्थित थिए । खुला मञ्चमा कार्यसमिति घोषणापछि पार्टी कार्यालय प्रवेश गर्न लागेको समूहलाई प्रहरीले रोकेको थियो । कार्यक्रममा सम्भावित झडपलाई रोक्नका लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।

कांग्रेस जिल्ला कार्यसमितिले भने कार्यक्रम हुनुभन्दा दुई दिनअघि नै यो अधिवेशन अवैध भएको टिप्पणी गरिसकेका छन् । सभापति शेरबहादुर देउवा र महामन्त्री डा. शशांक कोईरालाले समेत पार्टीको विधानअनुसार नै असन्तुष्टि राखिनुपर्ने भन्दै जोशी समूहको भेलालाई अवैध भनेका थिए ।

पार्टी वरिष्ठ नेता पौडेल र पूर्व सहमहामन्त्री जोशी पक्षबीच लामो समयदेखि द्वन्द्व छ । प्रतिनिधिसभा चुनावमा टिकट नपाएपछि बागी उमेद्वार बनेका जोशीको उमेद्वारी रामचन्द्र पौडेलकै उजुरीमा खारेज भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.