स्वास्थ्यमन्त्रीको निर्देशनमा चिकित्सकको टोलीद्वारा किरिया घरमै पुगेर स्वाईनफ्लू परीक्षण

स्वास्थ्यमन्त्रीको निर्देशनमा चिकित्सकको टोलीद्वारा किरिया घरमै पुगेर स्वाईनफ्लू परीक्षण

काठमाडौं : चिकित्सकहरुको टोलीले काठमाडौंको चाबहिलमा किरिया बसेका परिवारहरूको स्वास्थ्यमा देखिएको स्वाईनफ्लूको नमूना संकलन गर्नुका साथै स्वास्थ्य चेकजाँच गरेको छ ।

काठमाडौं धोवीखोला घर भएका ५० वर्षीय एकजना व्यक्तिको ‘एन्फुलुएञ्जा– ए’का कारण सोमबार मृत्यु भएपछि घरपरिवारका आफन्तले किरिया बसेकै स्थानमा आएर उपचार र नमूना संकलन गर्न आग्रह गरेका थिए ।

स्वाईनफ्लूले मृत्यु भएका व्यक्तिका आफन्तहरू चावहिलमा काजकिरियामा बसेका छन् । विभागको चिकित्सकहरूको टोलीको नेतृत्व गरेर गएका डा.प्रकाश शाहले एकजना बच्चासहित छ जनाको नमूना संकलन गरिएको छ । ‘घाँटीका साथै विभिन्न परीक्षणहरू गरेका छौँ’, उनले भने, ‘अरु नमूना पनि संकलन गरिएको छ । अहिले नै त्यस्तो डराइ हाल्नुपर्ने अवस्था छैन । तर, सतर्क रहनुपर्छ ।’

डा.शाहले भने, ‘कसैलाई रुघा खोकी र ज्वरो आएको छ भने भने ढिला नगरेर नजिकको अस्पताल वा स्वास्थ्य चौकीमा पुगेर चेकजाँच गराउनु पर्छ । हेलचेक्राइ गर्नु हुँदैन ।’

हिमाल अस्पतालमा उपचार गराउने क्रममा ती ५० वर्षीय व्यक्तिको मृत्यु ‘एन्फुलुएञ्जा– ए’बाट मृत्यु भएको रिपोर्ट आएपछि परिवारजनले सतर्कता अपनाएका हुन् ।

सो विषयमा जानकारी पाएपछि उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले चिकित्सकहरूको टोलीलाई निर्देशन दिएर उपचारमा कुनै कसर बाँकी नराख्न भनेका थिए । स्वास्थ्यमन्त्री यादवको निर्देशन लगत्तै चिकित्सकको टोली मंगलबार साँझ किरिया बसेको ठाउँमा पुगेर स्वास्थ्य परीक्षण एवं नमूना संकलन गरेको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.