विदेश जाँदा दुई सय डलरमात्र साट्ने सुविधा
काठमाडौं : अब वैदेशिक रोजगारीमा जाने नेपली नागरिकले राहदानी वापत अधिकतम दुई सय अमेरिकी डलरभन्दा बढी सटही गर्न नपाउने भएका छन्।
राष्ट्र बैंकले मंगलबार परिपत्र जारी गर्दै यस्तो व्यवस्था लागू गरेको हो। यसअघि यस्तो प्रयोजनका लागि पाँच सय अमेरिकी डलरसम्म साट्न पाउने व्यवस्था थियो।
विदेशी मुद्राको संचिती घटेका कारण यसलाई नियन्त्रण गर्न पुरानो व्यवस्थालाई संशोधन गरिएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भिष्मराज ढुंगानाले जानकारी दिए।
‘यसलाई नियन्त्रण गर्नुपर्ने देखिएको छ’, उनले भने ‘आखिर विदेश जानेले लैजाने एक÷दुई सय डलरमात्रै हो’, उनले भने ‘बाँकी यही दुरुपयोग हुने गरेकाले यसलाई नियन्त्रण गर्न यसो गरिएको हो।’