जब माननीयले मर्यादा बिर्सिए.. (फोटो फिचर)

जब माननीयले मर्यादा बिर्सिए.. (फोटो फिचर)

तस्बिर : दिपेन श्रेष्ठ

काठमाडौं : मंगलबारको प्रतिनिधिसभा बैठक तनावमै बित्यो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका माननीयको अवरोधले बैठक पटकपटक स्थगीत भयो।

सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्न अनुमति दिएलगत्तै रोस्ट्रमतर्फ अघि बढ्दै गरेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई रोक्ने क्रममा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच धकेलाधेकेल भयो। 

बैठक सुरु हुनुअघि नै कांग्रेसका सांसद रोस्ट्रम घेर्न पुगिसकेका थिए। ‘तपाईँहरूले गल्ती गर्नुभयो’, भन्दै सभामुखले मन्त्री पोखरेललाई चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्न समय दिए। उक्त विधेयक पारित गर्ने प्रतिनिधिसभाको कार्यसूचि थियो। 

कांग्रेसको अवरोधकै बीच विधेयक प्रस्तुत गर्न जान लागेका शिक्षामन्त्री पोखरेललाई कांग्रेस सांसदले रोक्ने प्रयास गर्दा  धकेलाधकेलको अवस्था सिर्जना भएको हो। 

हेर्नुस् भिडियोः 

के भयो ?

शिक्षा मन्त्री विधेयक प्रस्तुत गर्न जाँदै गर्दा विपक्षीका केही सांसदले रोक्न खोजे। शिक्षामन्त्रीलाई जोगाउँदै अगाडि बढाउँदै थिए देव गुरुङ। गुरुङ र मन्त्री पोखरेललाई रोक्न कांग्रेस सांसद अमरेशकुमार सिंह दाउ हेरिरहेका थिए। 

मन्त्री रोस्ट्रमतिर जाँदै गर्दा एक्कासी त्यहाँ भिड जम्मा भयो। भीडले मन्त्रीलाई घेर्न थाल्यो। बल्लतल्ल रोस्ट्रमतर्फ अघि बढ्दै गरेका मन्त्रीलाई विपक्षीका सांसदले घेरामा पारे। त्यसपछि सभामुख कृष्णबहादुर महराले बैठक १५ मिनेटका लागि स्थगित गरे।

बैठक स्थगित गरेपछि विपक्षीको घेरामा रहेका मन्त्रीलाई बैठकमा खटिएका मर्यादापालकले रेस्क्यु गरी रोस्ट्रमतिर ताने। कांग्रेस सांसदहरू फर्किएपछि मर्यादापालकको पछाडि एकछिन उभिएर उनी आफ्नो सिटतर्फ अघि बढे।

आफ्ना दुई नेताको नामको अस्पताल संघीय सरकार मातहत नल्याएको भन्दै कांग्रेसले लगातार तीन पटकसम्म अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । 

पार्टीका पूर्वसभापतिहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएका दुई अस्पताललाई संघीय सरकारमातहत नल्याएर खारेज गर्ने कोशिश केपी ओ‌ली नेतृत्वको सरकारले गरेको भन्दै मंगलबार दिउँसो ३ बजेपछि बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेसले तीन पटकसम्म अवरोध गरेको थियो । 

तनहुँस्थित जिपी कोइराला श्वास प्रश्वास अस्पताल र बाँकेस्थित सुशील कोइराला क्यान्सर अस्पताललाई कांग्रेसले संघीय सरकारमातहत राखिनुपर्ने अडान लिएको छ। मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेस सांसद प्रकाशमान सिंहले दुवै अस्पताल संघीय सरकार मातहत ल्याउने निर्णय नभएसम्म संसद चल्न नदिने बताए । 

कांग्रेसको अवरोधबीच कार्यसूचीमा रहेको चिकित्सा शिक्षा विधेयक प्रस्तुत गर्न सभामुख कृष्णबहादुर महराले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई अनुमति दिएपछि संसदमा दुई पक्षबीच धकेलाधकेल समेत भएको थियो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.