तरुण दलको प्रदेश केन्द्रित आन्दोलन विराटनगरबाट
विराटनगर : कांग्रेस युवा संगठन नेपाल तरुण दलले विराटनगरबाट आन्दोलन सुरु गरेको छ। तरुण दल केन्द्रीय समितिको र मोरङ जिल्ला समितिको संयोजनमा प्रदेश १ को राजधानी विराटनगरमा मंगलबार विरोध प्रदर्शन गरेको हो।
कार्यक्रममा बोल्दै नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले ओली सरकारको रवैया यस्तै रहे कुर्सीबाट तानेर सडकमा ल्याउने चेतावनी दिए। नेपाल तरुण दल केन्द्रीय समितिको आयोजना र मोरङ जिल्ला समितिको संयोजनमा प्रदेश १ को राजधानी विराटनगरमा भएको कार्यक्रममा बस्नेतले सरकार स्वेच्छचारी बन्दै गएको बताए ।
तरुण दलका उपाध्यक्ष उत्तम कुमार चापागाईँले अधिनायकवादतर्फ उन्मुख वर्तमान सरकार महंगी, बलात्कार र भ्रस्टाचारीको प्रयार्यवाची जस्तै भएकाे बताए । चापागाईँले नसच्चिए सडकबाटै सरकार ढाल्न तरुण दल पछि नपर्ने चेतावनी दिए ।
तरुणका महासचिव भुपेन्द्रजंग शाहीले सरकार भ्रष्टाचार र कालो बजारी गर्नेको संरक्षणमा लागेको आरोप लागए । धर्म बेचेर किनेको होली वाइन खाएर राष्ट्रियता भुलेको सरकारबाट मुलुकको संमृद्धि असंभव भएको बताए । शाहीले ओली सरकार मुलुकको धर्म, संस्कृति र परम्परा बेचेर खरिद गरेको होली वाइन खाएर फुलेको आरोप लगाए।
तरुणले ९ गते बुधबार प्रदेश २ को जनकपुरमा गर्ने भएको छ। सरकारको विरोधमा सातवटै प्रदेशमा विरोध कार्यक्रम गर्ने तय भएअनुसार प्रदेश १ बाट कार्यक्रम सुरु गरिएको उपाध्यक्ष चापागाइँले जानकारी दिए।