चट्याङ लागेर ६ घाइते
मुसीकोटः पश्चिम रुकुममा चट्याङ लाग्दा ६ जना घाइते भएका छन्। मुसीकोट नगरपालिका-३, माछिमिका जीतबहादुर ओलीको घरमा बुधबार बिहान ६ बजे परेको चट्याङ लागेर ४ बालबालिका र २ महिला घाइते भएको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर जीतबहादुरकी २८ वर्षीया पत्नी श्रीमती कमला खड्का ओली उनका ११ वर्षीय छोरा चिन्तन र ७ वर्षीय छोरा मनन घाइते भएका छन्। चट्याङ लागेर जीतबहादुरकी भाइबुहारी २५ वर्षीया समिति ओली उनकी ९ वर्षीय छोरी दुर्गा र ७ वर्षीय छोरा दिपेश घाइते भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक प्रमोदकुमार क्षेत्रीले बताए।
उनका अनुसार घाइते सबैको अवस्था सामान्य छ। उनीहरु सबैको जिल्ला अस्पताल सल्लेमा उपचार भैरहेको छ। चट्याङले जीतबहादुरको ६ कोठे घरमा क्षती पुगेको छ।