उद्योगमा कुल १८ खर्ब लगानी
काठमाडौं : नेपालमा अहिलेसम्म सात हजार सात सय ९७ उद्योग दर्ता भएका छन्। उद्योगमा कुल १७ खर्बं ९६ अर्ब रुपैयाँ प्रस्तावित लगानी रहेको उद्योग विभागको तथ्यांक छ।
उद्योगको १६ खर्ब १० स्थिर पुँजी र एक खर्ब ८६ अर्ब चालू पुँजी रहेको विभागका सूचना अधिकारी जीवनराज सेढाइले जानकारी दिए। विभागको तथ्यांकअनुसार उद्योगमा पाँच लाख ८९ हजारभन्दा बढीले रोजगारी पाउने उल्लेख गरिएको छ।
उद्योग विभागमा स्वदेशी लगानीका १० करोड र विदेशी लगानीको ५० लाखभन्दा बढीका उद्योग दर्ता हुने गरेको छ।