सुदूरपश्चिममा विवाहित चेलीलाई कोसेली दिने चटारो

सुदूरपश्चिममा विवाहित चेलीलाई कोसेली दिने चटारो

अछाम : चौरपाटी गाउँपालिका-५ लुंग्राकी रतन सुनारलाई माघ लागेसँगै चेली तिहारको चटारो सुरु भएको छ।  सुदूरमा माघ महिनामा विवाहित चेलीलाई तिहार (विवाहित चेलीलाई दिइने कोसेली) दिने प्रचलन छ। सेल,रोटी र तरुल कोसेलीका रुपमा छोरीलाई दिने गरिन्छ।

माघ २ देखि नै छोरी चेलीलाई (सेल पुरी, तरुल) कोसेलीको रुपमा दिन सुरु गरेकी रतनले भर्खरै मात्र नन्दलाई तिहार दिएकी छन्। 'विभिन्न गाउँमा रहेका आफ्ना नन्द, दिदी, छोरीलाई उनीहरुको घरमै पुगी कोसेली पुर्‍याउनु पर्छ,' उनले भनिन्।उनले आफूले नन्दलाई चेलीतिहार दिइसकेको बताइन्।

साँफेबगर नगरपालिका-१२ खप्तडका पद्मा देवी कडायतका ६ छोरी छन्। उनका सबै छोरीको बिहे भइसकेको छ। पद्माले सबै छोरीलाई माघी तिहार दिनुपर्छ। अहिले पद्मा छोरीलाई माघी तिहार बनाउनमै व्यस्त छिन्।

उनले सेल पुरी पकाउनका लागि कुटानी पिसानीको काम भ्याए पनि कोसेली पकाएर पुर्‍याउन भने भ्याएकी छैनन्। 'तोरी पेल्ने, चामल र गहुँ पिस्ने काम सकिसक्यो, उनले भनिन्, 'अब सेल पुरी पकाएर छोरीको घर जान बाँकी छ। कोसेली माघ महिना भरी जहिले दिएपनि हुन्छ,'उनले भनिन्। 

माघी तिहारलाई सुदूरका गाउँमा 'चेलीत्यार' अर्थात चेली तिहार पनि भन्ने गरिन्छ। वर्षको एकपटक छोरीचेलीलाई अनिवार्य रुपमा तिहार दिने प्रचलन रहेकाले माघी तिहारलाई चेली तिहार भन्ने गरिएको हो। धौली र रतनजस्तै सुदूरका प्राय चेलीका आमा भाउजु यो बेला चेलत्यार पुर्‍याउन व्यस्त छन्। कुटासी पिसानीका लागि मिलमा भीडभाड बढेको छ।

माघ १ गते माइती घरमै उपस्थित हुनसक्ने छोरी चेली तिहार खाएरै जाने गर्दछन् भने आउन नभ्याउनका घरमै गएर तिहार पुर्‍याउनुपर्ने चलन छ। चेली तिहारको कोसेली हरियो पात अर्थात् सालको पातमा बेरेर दिने प्रचलन छ।

हरियो पात पुण्यको प्रतिक भएकाले माघको महिना धर्मअनुसार हरियो पात देखाउने प्रचलन हिन्दु धर्ममा परम्परादेखि चलिआएको साँफेबगर नगरपालिका-३ का शिवराज उपाध्यायले बताए। माघको महिनामा सूर्य दक्षिण दिशाबाट उत्तर दिशातर्फ लाग्ने भएकाले माघी तिहारलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ। 

हिन्दु धर्मका अन्य विभिन्न प्रचलनको महत्व विस्तारै घट्दै गएपनि सुदूरमा माघी तिहारको महत्व पहिलेको भन्दा झन् बढ्दै गएको उपाध्याय बताउँछन्। माइती घरमा बाबु आमा र सहोदर दाइभाइ नहुने छोरी चेलीलाई छिमेकीले पनि तिहार दिने प्रचलन छ।

गाउँका जेठानी देउरानीको माइतीबाट तिहार आउँदा माइतीमा आमा बुबा र दाइभाइ नहुनेलाई नराम्रो महशुस नहोस् भनेर छिमेकीले पनि कोसेली दिने गरेको उपाध्यायको भनाइ छ।                      


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.