हिउँमा कठ्याङ्ग्रिएर भाइको मृत्यु, दाजुको उद्दार

हिउँमा कठ्याङ्ग्रिएर भाइको मृत्यु, दाजुको उद्दार

जुम्ला : सिँजा गाउँपालिका–६ जोडुका २७ वर्षीय शिवचन्द्र बुढाको हिउँमा कठ्याङ्ग्रिएर मुत्यु भएको छ । उनीसँगै हिउँमा कठ्याङ्ग्रिएर अचेत उनका दाजु बाँचे बुढाको उद्धार गरीएको छ । 

मंगलबार बिहानबाट जुम्लामा परीरहेको भारी हिमपातका कारण लेकको बाटो हिँड्दै गरेका दाजुभाइ चिसोले कठ्याङ्ग्रिएर अचेत अवस्थामा पुगेपछि एकजनाको बाटोमै मृत्यु भएको हो । मंगलबार साँझ बेपत्ता दाजुको उद्दार गरिए पनि मृतक भाइको भने बुधवार मध्यान्ह १२ बजे मात्रै शव भेटिएको थियो । 

स्थानीय नरबहादुर बुढाका अनुसार दुवै दाजुभाइ जुम्लाको पातारासी गाँउपालिकास्थित पट्माराबाट राडीपाखी किनेर डाँफे लेक हुँदै सिंजाको जोडु गाउँतर्फ जाँदै थिए । 

घर जान बाटो लागेका उनीहरु नाकुल्लीमा चलेको हुरीबतास र हिमपातका कारण चिसोले कठ्याङ्ग्रिएर अचेत अवस्थामा पुगेका थिए । शव भेटिएको स्थानमा करिब २ फिट बाक्लो हिउँ जमेकाले शव घर लैजान अप्ठ्यारो भएपछि घटनास्थलमै मृतकको दाहसंस्कार गरिएको आफन्तले बताएका छन् । 

जिल्ला प्रहरी कार्यालयले घटना भएको जानकारी समयमै नदिइ मृतकको दाहसंस्कार गरिएकाले यसबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

भारी हिमपातसँगै चिसोले जुम्लाको जनजीवन कष्टकर बनेको छ । हिउँले स्थानीयबासीलाई कामका लागि गाउँ बाहिर जान मुस्किल परेको छ । चिसोले बालबालिका, वृद्धवृद्धा र गर्भवती महिलाहरु बढी प्रभावित भएका छन् । चिसोका बिरामीको संख्या पनि बढ्दै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.