दोलखाको खरीढुङ्गालाई हिउँले ढाकेपछि (फोटो फिचर)
दोलखा : केही दिनयताको चिसोसँगै हिमपात भएपछि दोलखाका उच्च पहाडी क्षेत्र सेताम्मे भएका छन् । माथिल्लो भूभागमा हिमपात भएपछि स्थानीय किसानमा पनि खुसी छाएको छ ।
हिउँ परेपछि दोलखाको भीमेश्वर नगरपालिकास्थित खरीढुंगा क्षेत्र सेताम्मे भएको छ । बुधबार बिहान परेको बाक्लो हिउँका कारण लाकुरीडाँडा, शैलुङ, कालिञ्चोक, जिरी, झ्याँकू, माली क्षेत्र सेतै भएका हुन् ।
भीमेश्वर नगरपालिका-९, खरीढुङ्गामा बुधबार विहान हिउँ थुप्रिएपछि सयौँ आन्तरिक पर्यटक रमाउन आइपुगेका छन् । यहाँ हिउँ परेपछिको चिसो छल्दै रमाउन आउनेहरु बढेका छन् ।