चट्याङले एकैठाउँ मरे ५२ भेडा, रेडियो स्टेशन पनि बन्द

चट्याङले एकैठाउँ मरे ५२ भेडा, रेडियो स्टेशन पनि बन्द

बाजुरा : चट्याङ लागेर बडिमालिका नगरपालिका-७ चुथीको जङ्गलमा ५२ वटा भेडा मरेका छन् । चराउन लगिरहेका बेला परेको चट्याङ लागेर एकै दिन ५२ भेडा मरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

भेडा बूढीनन्दा नगरपालिका-४ का राजेन्द्र रोकाया र दीपक धामीका रहेको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताए । चुथीको जङ्गलमा चरिरहेका १२३ वटा भेडामध्ये चट्याङ लागेर ५२ भेडा घटनास्थलमै मरेको प्रमुख भाटको भनाइ छ । 

चट्याङ मङ्गलबार साँझपख परेको भए पनि अत्यधिक हिमपात र वर्षाका कारण प्रहरी प्रतिवेदनसहित घटना अध्ययन प्रतिवेदन आज मात्र तयार पारिएको उहाँले जानकारी दिए । 

साझेदारीमा व्यवसाय सञ्चालन गरेका रोकाया र धामीको चट्याङका कारण करीब पाँच लाखभन्दा बढीको क्षति भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

लेकाली भेगमा चिसो हुने भएपछि उनीहरुले चरिचरनका लागि भेडा चुथी ल्याएका थिए । ब्याउने सहितका भेडा भएकाले ठूलो मात्रामा नोक्सानी भएको उनीहरुको भनाइ छ । 

त्यस्तै चट्याङकै कारण रेडियो बार्जुको स्टेशनमा पनि ठूलो क्षति भएको छ । रेडियोमा रहेको ट्रान्समिटर, मिक्चर, दुई थान कम्प्युटरसहितका मेशिनरी सामानमा क्षति भएको सञ्चालक समिति अध्यक्ष माया शाहले बताइन् । 

ट्रान्समिटर नै जलेका कारण रेडियोको प्रसारण सेवा पनि बन्द भएको छ । चट्याङकै कारण त्रिवेणी नगरपालिकामा पनि एक घरमा आगलागी भएको प्रहरीले जनाएको छ । रासस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.