सञ्चारमन्त्री र टेलिकमविरुद्ध अवहेलना मुद्दा

सञ्चारमन्त्री र टेलिकमविरुद्ध अवहेलना मुद्दा

काठमाडौं : नेपाल टेलिकम अन्तर्गतको वायरलाइन तथा ग्राहक सेवा निर्देशनालय छाउनीमा रहेका पुराना ब्याट्री नचलाउन सर्वोच्च अदालतबाट दिएको अन्तरिम आदेशको पालना नगरिएको भन्दै सूचना तथा स‌ंचार मन्त्री गोकुल बास्काेटा  र नेपाल टेलिकमविरुद्ध बुधबार अदालतको अवहेलना मुद्दा दर्ता भएको छ ।

सर्वोच्चबाट अन्तरिम आदेश जारी भएकै अबस्थामा सामान उठाउन थालेपछि विवादको रुप लिएको हो । स्क्राप वाई एण्ड सेल्स फर्मले मन्त्री  र टेलिकमलाई कारवाहीको मागसहित मुद्दा दर्ता गरेको हो ।

पुराना ब्याट्री उठाउनका लागि धेरै रकम कबोल गरे पनि निर्देशनालयले कानुनविपरित अर्को कम्पनीसँग सम्झौता गरेको दाबीसहित गत महीना सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको थियो । उक्त रिट विचाराधीन रहेकै अबस्थामा निर्देशनालयले कम रकम कबोल गर्ने अर्को देपुटा इन्टरनेशनल कम्पनीसँग सम्झौता गरेको दाबीसहित स्क्राप वाई फर्मले पुनः अर्को रिट निवेदन दायर गरेको थियो ।

दोस्रो रिटको सुनुवाईपछि देपुटा इन्टरनेशनललाई ब्याट्री उठाउने कार्यमा रोक लगाउने गरी सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको थियो । ब्याट्री उठाउने काम रोक्ने गरी जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने बिषयमा टुंगो लाग्नै बाँकी रहेको अबस्थामा निर्देशनालयले देपुटा फर्मलाई ब्याट्री उठाउन दिइएको दाबी स्क्राप फर्मको छ ।

सर्वोच्चको एकल इजलासबाट जारी भएको अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने बिषयमा छलफल गर्न गत माघ ३ गते निर्देशनालय, स्क्राप फर्म र देपुटा इन्टरनेशनललाई डाकिएको थियो ।

उक्त मितिमा प्राविधिक कारणवश सुनुवाई हुन सकेन । एकल इजलासको अन्तरिम आदेश कायमै रहेको स्थितिमा विपक्षी निकायले देपुटासँग भएको सम्झौताका आधारमा ब्याट्री उठाउन थालेको भन्दै स्क्राप फर्मले अवहेलना मुद्दा दिएको हो ।

‘सर्वोच्च अदालतको अन्तरिम आदेश हुँदाहुँदै टेलिकम अन्तर्गतको निकायले सामान उठाउन अनुमति दिने निर्णय अदालतको अबहेलनाजन्य कार्य हो,’ स्क्राप कम्पनीका कानुन व्यवसायी रहेका अधिवक्ता उमेश साहले भने, ‘अवहेलनामा सजायको माग राखेर फर्मले सर्वोच्चमा मुद्दा दर्ता गरेको छ ।’ सर्वोच्चमा पेश भएको कागजात अनुरुप स्क्राप वाई एण्ड सेल्स फर्मले ब्याट्री उठाउन सात करोड रुपैयाँ कबोल गरेको छ ।

यता देपुटा इन्टरनेशनलले पाँच करोड ७१ लख २२ हजार चार सय ३७ रुपैयाँ ९० पैसा कबोल गरेको दाबी स्क्राप फर्मको छ । बोलपत्रमा तीन पक्षले प्रतिस्पर्धा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.