तनहुँका प्रमुख न्यायाधीशलाई पनि झिकाइयो

तनहुँका प्रमुख न्यायाधीशलाई पनि झिकाइयो

काठमाडौं : न्यायमा विचलनको गुनासो आएपछि प्रधानन्यायाधीश चोलेन्द्रसमशेर राणाको निर्देशन अनुरुप तनहुँका प्रमुख न्यायाधाीश ओमकार उपाध्यायलाई न्याय परिषदमा झिकाइएको छ ।

उपाध्याय विहीबारदेखि न्याय संपादनको कामबाट अलग हुनेछन् । सर्वोच्च अदालत स्रोतका अनुसार उपाध्यायको इजलासबाट भएका फैसला र मुद्दामा छानविन नसकिउञ्जेल परिषदमै हाजिर गराइने भएको छ । उपाध्याय तनहुँ जिल्ला अदालतका प्रमुख न्यायाधीश हुन् । ‘उहाँमाथि मौखिक गुनासा र उजुरी थिए ।

प्रारम्भिक अध्ययनपछि तत्कालका लागि परिषदमा हाजिर गराउने भन्ने भएको छ । छानविनबाट सफाई भएमा पूर्ववत् काममा फर्कनुहुने छ,’ सर्वोच्च स्रोतले अन्नपूर्णसँग भन्यो, ‘कारबाहीमा जानुपर्ने अबस्था देखिएमा कानुन वमोजिम जो जे गर्नपर्ने हो, त्यही हुन्छ ।’ उपाध्याय गत साउनमा मात्रै तनहुँमा सरुवा भएर गएका थिए ।

परिषदले तनहुँ जिल्ला अदालतबाट शंकास्पद मुद्दाका मिशिल पनि झिकाएर जाँच गर्ने भएको छ । यसअघि ३८ केजी सुन प्रकरणको मुद्दामा भएका आदेशलाई लिएर विराटनगर उच्च अदालतमा कार्यरत मुख्य न्यायाधीश कुलरत्न भुर्तेलसहित ६ जना न्यायाधीशमाथि छानविनका लागि परिषदमा झिकाइएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.