बार्सिलोनालाई सेभिलको झट्का, उपाधि जित्ने अभियानमा धक्का

बार्सिलोनालाई सेभिलको झट्का, उपाधि जित्ने अभियानमा धक्का

म्याड्रिड : लगातार पाँचौंपटक कोपा डेल रे फुटबल प्रतियोगिताको उपाधि चुम्ने अभियानमा रहेको बार्सिलोनालाई नमिठो धक्का लागेको छ। कोपा डेल रेको बिहीबार बिहान खेलिएको क्वार्टरफाइनलको पहिलो लेग खेलमा सेभिलले घरेलु मैदानको फाइदा उठाउँदै बार्सिलोनालाई २-० गोलले हरायो।

उक्त नजितापछि बार्सिलोनाको सेमिफाइनल यात्रा निकै कठिन बनेको छ।यद्यपि, क्वार्टरफाइनलको दोस्रो लेग खेल बार्सिलोनाकै मैदानमा खेलिने छ। खेलमा ६० प्रतिशत समय आफ्नो खुट्टामा बल नचाए पनि बार्सिलोनाका खेलाडीले सेभिलको रक्षापक्तिलाई विफल पार्न सकेनन्।

घरेलु टोली सेभिलले दुबै गोल खेलको दोस्रो हाफमा गरेको थियो। ५८ औं मिनेटमा पाब्लो साराबियाले सेभिलका लागि पहिलो गोल गरेका थिए। उनले क्विन्सी प्रोमेसको पासमा गोल गरेका हुन्। ७६ औं मिनेटमा विसाम बेन एदरले सेभिलका लागि दोस्रो गोल थपेका थिए।

बिहीबारको खेलमा बार्सिलोनाले आलोनाले आफ्ना अर्जेन्टिनी स्टार लियोनल मेसीलाई खेलाएको थिएन। उनको स्थानमा भर्खरैमात्र ऋणमा क्लबमा भित्रिएका केभिन प्रिन्स बोएटेङलाई ‘डेब्यू’ गराएको थियो। यद्यपी, ६३ औं मिनेटमा बोएटेडङको स्थानमा उरुग्वेका अनुभवी खेलाडी लुइस स्वारेज मैदानभित्र प्रवेश गरेका थिए।

बार्सिलोनाले सन् २०१४/१५ सिजनदेखि लगातार कोपा डेल रेको उपाधि जित्दै आएको छ। पछिल्लो पटक सन् २०१२/१३ सिजनमा बार्सिलोना कोपा डेल रेको फाइनलमा पुग्न सकेको थिएन। बार्सिलोनाले हालसम्म कीर्तिमानी रुपमा ३० पटक कोपा डेल रेको उपाधि जितेको छ।

सर्वाधिक उपाधि जित्ने सूचीमा एथलेटिक बिल्बाओ (२३ पटक) दोस्रो र रियल म्याड्रिड (१९ पटक) तेस्रो स्थानमा छन्। सेभिलले भने हालसम्म पाँच पटक कोपा डेल रेको उपाधि चुमेको छ। पछिल्लो पटक सेभिलले सन् २००९/१० सिजनमा उपाधि जितेको थियो।

यसअघि बुधबार राति खेलिएको अर्को खेलमा गेटाफेले घरेलु मैदानमा भ्यालेन्सियालाई १-० गोलले हराएको थियो। गेटाफेका लागि खेलको ७७ औं मिनेटमा योर्गे मोलिनाले निर्णायक गोल गरेका थिए। क्वार्टरफाइनलको दोस्रो लेग खेल भ्यालेन्सियाको घरेलु मैदानमा खेलिने छ।

भ्यालेन्सियाले हालसम्म सात पटक कोपा डेल गरेको उपाधि जितेको छ। पछिल्लो पटक भ्यालेन्सियाले सन् २००७/०८ सिजनमा उपाधि हात पारेको थियो। दुई पटक उपविजेता बनेको गेटाफेले भने हालसम्म उपाधि जित्न सकेको छैन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.