लगानी सुनिश्चित गरेर मात्रै निजगढ विमानस्थल बनाउन सुझाव

लगानी सुनिश्चित गरेर मात्रै निजगढ विमानस्थल बनाउन सुझाव

काठमाडौं : संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिअन्तर्गतको उपसमितिले लगानी सुनिश्चित गरेर मात्रै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने निष्कर्षसहितको सुझाव दिएको छ । माधवकुमार नेपाल संयोजकको पाँच सदस्यीय पर्यटन तथा नागरिक उड्डयन अध्ययन तथा अनुगमन उपसमितिले बुधबार पेस गरेको प्रतिवेदनमा विमानस्थल बनाउन आवश्यक लगानी सुनिश्चितता र निर्माणसम्बन्धी आवश्यक व्यवस्था भएपछि मात्रै रुख काट्ने काम अगाडि बढाउन निर्देशन दिएको छ ।

उपसमितिले तयार पारेको प्रतिवेदनलाई पवित्र निरौलाको समितिले बुधबारै स्वीकृत गरेको छ । उक्त प्रतिवेदनले विमानस्थल निर्माणमा निजी सार्वजनिक साझेदारी (पीपीपी), प्रत्यक्ष वैदेशिक लगानी, नेपाल सरकार र सबन्धित देशको स्वामित्वमा रहेको संस्था (जीटूजी)बीचको साझेदारीमा आउने लगानी सुनिश्चितता भएपछि मात्रै विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउनुपर्ने उल्लेख छ ।

यो विमानस्थल बनाउनु आवश्यक भए पनि रुख काटेर वन विनाश गरी स्मार्ट सिटी बनाउन नहुने सुझाव दिइएको छ । उक्त सुझावअनुसार निजगढ विमानस्थलवरपर रुख कटान गरी सहर निर्माणको काम नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएको दिएको उल्लेख छ ।

निजगढ विमानस्थल विराटनगर, जनकपुर, भरतपुर, नेपालगन्ज, धनगढी, सुर्खेत र भैरवामध्ये उत्कृष्ट रहेको सरकारी प्रतिवेदन छ । विमानस्थल बनाउँदा भविष्यमा आवश्यक पर्ने जग्गा अहिले नै अधिग्रहण गरेर राख्न पनि उपसमतिले निष्कर्ष दिएको छ ।

उपसमितिले दिएको सुझावअनुसार विमानस्थल निर्माणका नाममा करोडौ रुपैयाँ खर्च नगर्न पनि निर्देशन दिएको छ । ‘काभ्रेमा निर्माण प्रक्रिया अगाडि बढेको नागिडाँडा विमानस्थल आवश्यक छैन’, उपसमिति संयोजक नेपालले भने । यो विमानस्थल बनाउन पर्यटन मन्त्रालयले २५ करोड रुपैयाँ विनियोजन गरेर चालु आवमै विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउन थालेको भए पनि यो निर्देशनपछि निर्माण रोकिने भएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.