क्षेत्रीय स्पर्धामा नेपाली वित्तीय प्रतिवेदन पुरस्कृत

क्षेत्रीय स्पर्धामा नेपाली वित्तीय प्रतिवेदन पुरस्कृत

काठमाडौं : नेपालबाट दक्षिण एसिया चार्टर्ड एकाउन्टेन्टस् महासंघ (साफा)को प्रतिस्पर्धामा पठाइएका विभिन्न कम्पनीका वित्तिय प्रतिवेदनमध्ये दुई प्रतिवेदन पुरस्कृत भएका छन् ।

नेपालमा लेखा व्यवसायीहरुको नियामक संस्था– नेपाल चार्डर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)को मूल्यांकनमा छनौटमा परी क्षेत्रीय प्रतिस्पर्धामा भाग लिएका आर्थिक वर्ष २०७३÷७४ विभिन्न विधाका वित्तिय प्रतिवेदनहरुमध्ये सेवा क्षेत्रतर्फ नेपालको ओरियन्टल होटल्स प्रा.लि. (र्‍याडिसन होटल, काठमाडौं) पुरस्कृत भएको छ । त्यस्तै, बैंकिङ्ग विधा अन्तर्गत नेपालबाट सिटीजन्स बैंक लिमिटेडले मेरिट अवार्ड प्राप्त गरेको छ ।

आइक्यानका अनुसार, नेपालको इतिहासमै पहिलोपल्ट साफास्तरीय प्रतिस्पर्धामा नेपालबाट पठाइएको वित्तीय प्रतिवेदन विजयी भएको हो । क्षेत्रीय प्रतिस्पर्धामा सेवाअन्तर्गत र्‍याडिसन होटल, काठमाडौंसँगै श्रीलंकाको द नुवारा एलिया होटल्सले संयुक्त रूपमा विजयी घोषित भएको हो । र्‍याडिसन होटलले प्राप्त गरेको पुरस्कार साफास्तरीय प्रतिस्पर्धामा सबैभन्दा ठूलो पुरस्कार भएको आइक्यानका अध्यक्ष जगन्नाथ उपाध्याय निरौलाले जानकारी दिए ।

भारतको पुणेमा मंगलबार सम्पन्न उत्कृष्ट वित्तीय प्रतिवेदन पुरस्कार वितरण समारोहमा ओरिएन्टल होटेल्स लिमिटेड, काठमाडौंका महाप्रबन्धक सुबरता बेनर्जी र सिटीजन्स बैंकका कामु प्रमुख कार्यकारीअधिकृत गणेशराज पोखरेलले विजयी संस्थाहरूको तर्फबाट उत्कृष्ट वित्तीय प्रतिवेदन पुरस्कार ग्रहण गरेका थिए ।

आइक्यानले हरेक वर्ष विभिन्न निकायबाट प्राप्त विभिन्न विधाका वित्तीय प्रतिवेदनको मूल्यांकन गरी राष्ट्रिय रूपमा उत्कृष्ट ठहराएका प्रतिवेदनलाई साफामा प्रतिस्पर्धाका लागि पठाउँदै आएको छ । साफालाई सार्कले क्षेत्रीय लेखा व्यवसायीहरूको सर्वोच्च संस्थाको मान्यता प्रदान गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.