मदन भण्डारी गोल्डकपको तयारी पूरा

मदन भण्डारी गोल्डकपको तयारी पूरा

इटहरी : इटहरीमा माघ १२ गतेदेखि हुने मदन भण्डारी स्मृति इटहरी गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। विजेतालाई १६ लाख र उपविजेतालाई आठ लाख रुपैयाँ पुरस्कार राशि रहेको प्रतियोगिताको लागि इटहरी रंगशालामा आवश्यक तयारी अन्तिम चरणमा पुगेको प्रतियोगिता संयोजक कोवित तिम्सिनाले जानकारी दिए। यसपटक रंगशालामा पक्की प्यारापिट बनेकाले बाँसको अस्थायी प्यारापिट दुईवटा मात्र बनाइएको छ।

माघ १८ गतेसम्म चल्ने प्रतियोगिताको खेल तालिकासमेत सार्वजनिक भइसकेको छ। प्रतियोगितामा दुई विदेशीसहित आठ टोली सहभागी हुनेछन्। प्रतियोगितामा क्यामरुन र भुटानका एक÷एक टोली सहभागी हुने आयोजकले जनाएको छ।

पहिलो दिन दाफिन्स फुटबल क्लब क्यामरुन र मेची नेत्रालय झापाबीच खेल हुनेछ। दोस्रो दिन मनाङ मस्र्याङ्दी र राष्ट्रिय जागृति क्लबबीच तथा तेस्रो दिन त्रिभुवन आर्मी क्लब र थ्रीस्टार क्लबबीच खेल हुनेछ। नेपाल पुलिस क्लब र भुटानको सीएफसी भुटानबीच चौथो दिन खेल हुनेछ। प्रतियोगिताअन्तर्गत माघ १६ र १७ गते सेमिफाइनल खेलहरू हुनेछन्। १८ गते फाइनल खेल हुनेछ।

 प्रत्येक खेलका म्यान अफ दी म्याच खेलाडीले १० हजार रुपैयाँ पाउनेछन्। सर्वाेत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकले जनही २० हजार रुपैयाँ पाउनेछन्। यस्तै प्रतियोगिताका सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताले जनही ३० हजार रुपैयाँ पाउनेछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.