१० करोडको लगानीमा पोखरामा बंगुर औधोगिक पार्क

१० करोडको लगानीमा पोखरामा बंगुर औधोगिक पार्क

पोखरा : पोखरामा १० करोड रुपौयाँको लगानीमा बंगुर व्यवसाय औद्योगिक पार्क निर्माण भएको छ। उपभोक्तालाई हाइजेनिक बंगुरको मासु उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारको ६० प्रतिशत र किसानको ४० प्रतिशत लगानीमा पोखरा महानगरपालिका- ३३ को सेती नदी किनार सहरेतराको १ सय २० रोपनी क्षेत्रफलमा बंगुर व्यवसाय औधोगिक पार्क निर्माण भएको हो। 

राज्यको ६ करोड र किसानको ४ करोड लगानीमा मासुका लागि र बंगुरको बच्चा उत्पादनका लागि आवश्यक खोर तयार भइसकेको बंगुर व्यवसाय औद्योगिक पार्क व्यवस्थापन समिति तथा निर्माण समितिका अध्यक्ष कृष्णबहादुर गुरुङले बताए। 

मासुका लागि ८० हजार स्क्वायरफिट र माहु पाल्न ४० हजार स्क्वायर फिटको खोर तयार भएको पनि उनले जानकारी दिए। मासुका लागि १० हजार बंगुर पाल्न सकिने गरि खोर निर्माण भएको छ।बच्चा उत्पादनका लागि १२ सय माउ पाल्न सकिने गरी खोर निर्माण भएको पनि अध्यक्ष गुरुङले जानकारी दिए।

बंगुर व्यवसाय औधोगिक पार्कको प्रस्ताव बंगुर ब्रिडर कृषर्क सहकारी लिमिटेडले गरेको पनि उनले बताए। आर्थिक वर्ष २०७३-०७४ को अन्त्यतिर देखि निर्माण सुरु भएको औधोगिक पार्क आउँदो साउन महिनादेखि संचालनमा ल्याउने तयारी भएको उनले बताए।

बंगुरको खोरबाट निस्कने फोहोर व्यस्थापनको पाटो बजेटका कारण रोकिएकाले केन्द्र सरकारले थप रकम छिट्टै नै निकाशा गर्ने बताएकाले फोहोर व्यवस्थापनको पाटो सकिए पछि साउन महिनादेखि व्यवसायिक रुपमा बंगुर पालन सुरु हुने उनले बताए।बंगुर व्यवसाय औधोगिक पार्कमा ३५ जना किसान आवद्ध छन्। ४० जना पुग्ने अध्यक्ष गुरुङले बताए।

सुरुमा प्रस्ताव पेश गरेको २२ करोडको बजेट हो। त्यसमा ७० प्रतिशत राज्यको  र ३० प्रतिशत किसानबाट ब्याहोरने गरी काम सुरु भएको अध्यक्ष गुरुङले बताए। २०७३ ÷०७४ र ०७४÷०७५ मा बजेट आयो।२०७५÷०७६ मा बजेट आएन।संघले प्रदेशले योजना लिने भन्यो।

प्रदेशले यस योजनाकै नममा छुट्टै बजेट नआएकोले बजेट दिन नसकिने भनेपछि काम रोकिएको थियो। संघ सरकारको कृषि मन्त्रालयले यो योजना आफैले पूरा गर्ने भनेपछि बाँकी निर्माण कार्य अघि बढेको उनले सुनाए। 

अहिले बंगुर पाल्दा सुरुमा नभइ नहुने बच्चा उत्पादन र मासु उत्पादनका लागि चाहिने दुई प्रकारको खोर तयार भएको हो । स्लटर हाउस, बायोग्यास प्लान, स्टाफ क्वाटरलगायतका महत्वपूर्ण काम हुन बाँकी रहेको पनि उनले बताए।

 पोखरामा अहिले पनि ४० प्रतिशत बंगुरको मासु बाहिरबाट आयात हुन्छ। यहाँको मागको ६० प्रतिशत मात्र बंगुरको मासु कास्कीमा उत्पादन हुने गरेको उनले बताए। कास्कीमा बंगुरपालक किसान करिब १ सय ५० जना रहेका छन्। अहिले देशै भर अव्यवस्थित रुपमा बंगुर पालन भइरहेको छ। होटलको फोहोर, सडेगलेको फोहोर बंगुरलाई खुवाउने चलन छ।

बंगुर व्यवसाय औधोगिक पार्कले कर्मशियल रुपमा अन्तर्राष्ट्रिय स्टाण्डरको हाइजेनिक दाना खुवाएर क्वालीटी मिट प्रोडक्ट गर्ने उनले बताए । राम्रो ट्रिटमेण्ट हुन्छ। भेटनरी क्लिनीक पार्क भित्रै हुने पनि उनले बताए । व्यवस्थीत रुपमा हाइजेनिक र क्वालीटी पोर्क उत्पादन गर्ने लक्ष्य रहेको पनि उनले सुनाए।

बंगुर व्यवसाय औधोगिक पार्कमा सुरुमा महिनामा ३ सय बंगुर उत्पादन हुने छ। त्यसपछि विस्तारै संख्या बढ्दै जाने उनले बताए। पछिल्लो समयमा नेपालमा मात्र नभएर विश्वमै बंगुरको मासुको माग बढेको छ। विश्वमा मासुहरुमा सबैभन्दा धेरै खपत हुने भनेको पोर्क मासु हो।

यसमा पोषण तत्व बढि हुने भएकोले विश्वमै माग बढेको उनले बताए। त्यसैले पछिल्ला समयमा नेपालमा कुखुरा र भैसीको मासुभन्दा बंगुरको मासुले बढी मुल्य पाएको उनले सुनाए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.