बाजुराको कोल्टीमा तीन दिनदेखि हवाई सेवा ठप्प

बाजुराको कोल्टीमा तीन दिनदेखि हवाई सेवा ठप्प

बाजुरा : सोमबारदेखि हिमपात भएपछि बाजुराको पूर्वी उत्तरी क्षेत्रको कोल्टी एयरपोर्ट बन्द भएको छ । हिमपातका कारण नियमित सञ्चालन हुँदै आएको हवाई सेवा  तीन दिनयता ठप्प भएको छ। 

मौसम बिग्रिएसँगै कोल्टी र आसपासका उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि हवाई सेवा अवरुद्ध भएको बाजुरा नागरिक उड्ययन शाखा कार्यालय कोल्टीले जानकारी दिएको छ । कोल्टी क्षेत्रमा मौसममा खराबी हुँदा नेपालगन्ज र सुर्खेतबाट दैनिक कोल्टी आउने र जाने यात्रु अलपत्र परेका छन् । 

कोल्टी एयरपोर्टबाट बाजुराका बूढीनन्दा नगरपालिका, जगनाथ, स्वामीकार्तिक खापर र हिमाली गाउँपालिका त्यसैगरी हुम्ला, मुगु, कालिकोटका स्थानीयले सेवा लिँदै आएका छन् । 

त्यस्तै हिमपातकै कारण बाजुराको ‘क’ र ‘ख’ क्षेत्रको सम्बन्ध टुटेको छ ।  बडिमालिका र बूढीनन्दा नगरपाकिालको सिमाना पोरखे लेकमा मंगलबारदेखि हिउँ परेपछि सम्बन्ध टुटेको हो । 

चार पाँच फिट हिउँ जमेकाले हिँडडुलमा समस्या भएको बडिमालिका नगरपालिका–७ का वडाअध्यक्ष धर्मराज पाध्यायले बताए । जिल्ला सदरमुकाम मार्तडीबाट ग्रामीण क्षेत्रमा चल्दै आएको जिप पनि तीन दिनदेखि अबरुद्ध छ ।

हिमपातका कारण ग्रामीण भेगका कच्ची सडकहरू हिलाम्मे  भएकाले सडकमा यात्रा गर्न र गराउन समस्या भएको जय मालिका यातायात प्रालिका काउन्टर इन्चार्ज चक्र बडुवाले बताए । 

सदरमुकाम मार्तडीबाट जिल्लाको गौमुल र कोल्टीसम्मको सडकमा हिमपात बढी भएकोले जिप सुचारू हुन नसकेको बाजुरा प्रहरी प्रमुख उद्ववसिंह भाटले बताएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.